२०८३ भाद्र २९ सोमबार

अनुुदानका १३ वटा विकास योजना छनोट

ई आर्थिक    सोमबार, माघ २४ २०७३
3.8K
Shares
अनुुदानका १३ वटा विकास योजना छनोट

२४ माघ, पथरी (मोरङ) । सीमा क्षेत्र विकास कार्यक्रमअन्तर्गत मोरङ जिल्लामा पँुुजीगत अनुुदानअन्तर्गत १३ वटा योजना छनोट भएका छन् ।

जिल्ला विकास समिति, मोरङका अनुसार विराटनगर उपमहानगरपालिकाको दुुईवटा वडा, रङ्गेली नगरपालिकामा एउटा र बाँकी १० वटा गाविसमा एक–एकवटा योजना छनोट गरिएको हो ।

जिविस मोरङका स्थानीय विकास अधिकारी शोभाखर रेग्मीका अनुसार योजनाहरु गाउँ परिषद्, नागरिक वडा मञ्च तथा जिविस समितिले गाउँगाउँमा अनुुगमन गरी योजना छनोट गरिएको हो ।

जिविसका इन्जिनियर घनश्याम दाहालका अनुसार योजनाहरु महादेवा, झुुर्किया, वर्डगा, डायनिया, सोराभाग, बुुधनगर, मझारे गाविस तथा विराटनगर उपमहानगरपालिका र रङ्गेली नगरपालिकाका केही वडामा सीमा क्षेत्र विकास कार्यक्रमअन्तर्गत योजना छनोट भएका हुुन् ।

कार्यक्रमअन्तर्गत महत्वपूर्ण सडकमा कालोपत्रे गर्ने, पुुल पुुलेसो तथा कलभर्ट निर्माणदेखि सिँचाइका लागि सौर्य ऊर्जाबाट सिँचाइ सञ्चालनमा ल्याइने योजना छनोट भएका छन् ।

स्थानीय विकास अधिकारी शोभाखर रेग्मीले जनतालाई बढी लाभ हुुनेखालका र सबैले देख्नेखालका महत्वपूर्ण योजना छनोट गरेर काम गर्ने बताउनुभयो । उहाँले चाँडै काम सम्पन्न भए थप बजेटका लागि आफूले पहल गर्नेसमेत बताउनुुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij