२०८३ साउन ९ शनिबार

कही सिकारकालागी बँदेल खोज्दै, कही भने बँदेलले लखेट्दै

ई आर्थिक    सोमबार, माघ २४ २०७३
6.4K
Shares
कही सिकारकालागी बँदेल खोज्दै, कही भने बँदेलले लखेट्दै

२४ माघ, काभ्रे । कोइ बदेल खोज्दै सिकार जान्छन, कही भने बँदेलको अतिक्रमणबाट स्थानीयवासी विस्थापित हुँदैछन् ।

बालुुवापाटी गाविसका नेत्रप्रसाद ढकाल विगत केही वर्षदेखि बँदेलको अतिक्रमणका कारण ज्यादै नै पीडित हुनुहुन्छ । बँदेलले बालीनाली सबै नष्ट गरिदिएपछि उहाँ निकै चिन्तित हुनुुहुन्छ ।

परिवारको प्रमुख आयस्रोत नै खेतीपाती भएकाले बँदेलले बाली नोकसानी गर्दा लगाउन भोकमरीको समस्या आएको उहाँ बताउनुहुन्छ ।

ढकाल जस्तै उक्त क्षेत्रका अन्य स्थानीय बासिन्दा पनि बँदेलको कारण पीडित छन् । अर्का स्थानीयवासी दोमबहादुर घोरसाइने बँदेलले दुःख दिन थालेपछि आफ्नो सबै जग्गा बाँझै राख्नुपर्ने अवस्था आएर विगत पाँच वर्षदेखि खेतीपाती गर्न बन्द गर्नुपरेको बताउनुहुन्छ ।

बँदेलले खेती गर्न नदिएपछि गाउँमा भैंँसी पाल्न थालेको बताउने उहाँ बँदेलले बाली आउन नदिएपछि पशुपालनमा समेत समस्या भएको दुःखेसो गर्नुहुन्छ ।

उक्त गाविसका स्थानीय एकातिर भूकम्पका कारण पीडित छन् भने अर्कातिर बँदेलको अतिक्रमणका कारण झनै ठूलो समस्यामा छन् ।

भूकम्पका कारण घर भत्किएर बस्ने ठाउँ नभएको र अर्कातिर बँदेलले सम्पूर्ण बालीनाली नष्ट गरिदिएका कारण गाउँबाट वसाइ सर्ने सोचाइ बनाएको बालुवापाटी– ९ का सुब्बा गुरुङ बताउनुहुन्छ । बँदेलले सबै बालीनाली नष्ट गरिदिएपछि ज्याला गरेर परिवार चलाउन बाध्य भएको उहाँलाई बाध्यता भएको छ ।

बालुवापाटी गाविसका नौवटा वडाका स्थानीय बँदेलको अतिक्रमणका कारण ठूलो समस्यामा छन् । बँदेलले दुःख दिन थालेपछि बालुवापाटी गाविसका थुपै्र घरधुरी विस्थापित भइसकेको अवस्था छ । साथै बँदेलकै अतिक्रमणका कारण उक्त गाविसका सयौं रोपनी जमिन बाँझै छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij