२०८३ साउन ११ सोमबार

विभिन्न देशका १६ शहरमा नेपाली उत्पादनको बिक्री कक्ष खुल्ने

ई आर्थिक    सोमबार, माघ २४ २०७३
5.1K
Shares
विभिन्न देशका १६ शहरमा नेपाली उत्पादनको बिक्री कक्ष खुल्ने

२४ माघ, काठमाडौं । उद्योग मन्त्रालयले काठमाडौं महानगरपालिकाको भगिनी सम्बन्ध स्थापना भएका विभिन्न मुलुकमा नेपाली वस्तुको बिक्री प्रवर्द्धन गर्ने उद्धेश्यले प्रदर्शनी तथा बिक्रि प्रवर्द्धन कक्ष सञ्चालनमा गर्ने भएको छ ।

आइतबार मन्त्रालयमा एक कार्यक्रम गरी उद्योग मन्त्रालयका सहसचिव दिनेश घिमिरेे र काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङबीच प्रर्दशनी कक्ष निर्माण गर्ने संझौतापत्रमा हस्ताक्षर गरी सहमति भएको हो ।

मन्त्रालयले महानगरपालिकाको भगिनी सम्बन्ध स्थापना भएका अमेरिका, जापान, चीन, भारत, याङ्गुन, म्यान्मार, कोरियालगायत देशका १६ शहरमा नेपाली वस्तुहरुको बिक्री प्रवर्द्धनलाई प्रोत्साहित गर्न छुट्टै प्रदर्शनी कक्ष संचालन गर्ने भएको हो ।

कार्यक्रममा उद्योग मन्त्री जोशीले राष्ट्रिय स्वार्थमा एक अर्का संस्थाहरुको सहयोगलाई समन्वयात्मक रुपमा अगाडि बढाउन र नेपाली उत्पादनको बजार बिस्तार गर्न मन्त्रालयले यस प्रकारको कार्यलाई अगाडी बढाएको बताउनुभयो ।

नेपाली वस्तुहरुको बजार बिस्तारसँगै उद्यमीहरुको आर्थिक क्षमता विकास हुने मन्त्री जोशीको भनाइ थियो । कार्यक्रममा काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख तामाङले महानगरपालिकाले विश्वका १६ वटा शहरहरुसँग भगिनी सम्बन्ध स्थापना भएको र निकट भविश्यमै थप २० वटा शहरहरुसँग सम्बन्ध बिस्तार गर्ने बताउनुभयो ।

उहाले स्थानिय निकायलाई प्रयोग गरी गर्न लागिएको प्रयासले अन्तर्राष्ट्रिय स्तरमा स्थानिय कुटनीतिका माध्यमबाट नेपाली वस्तुहरुको बजार बिस्तार गर्न सफल हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij