२०८३ साउन ९ शनिबार

ठमेलबाट ३७ जना बङ्गलादेशी नागरिक पक्राउ

ई आर्थिक    आइतबार, माघ २३ २०७३
3.4K
Shares
ठमेलबाट ३७ जना बङ्गलादेशी नागरिक पक्राउ

२३ माघ, काठमाडौँ । ठमेलका विभिन्न ठाउँबाट ३७ जना बङ्गलादेशी नागरिकलाई आज प्रहरीले पक्राउ गरेको छ ।

सोह्रखुट्टे प्रहरी वृत्त प्रमुख, प्रहरी नायब उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार पक्राउ परेका उनीहरुको साथमा राहदानीलगायत कुनै कागजात छैन ।

प्रारम्भिक अनुसन्धानबाट बङ्गलादेशबाट भारत हुदै नेपाल आएका उनीहरुले नेपालमा सिलाइकटाइको काम गर्दै आएका थिए ।

प्रनाउ राठौरले भन्नुभयो, “उनीहरुको अन्तिम लक्ष्य नेपालको नागरिकता र राहदानी बनाएर विदेशमा रोजगारीका लागि जाने देखिन्छ । पक्राउ परेकामा १९ वर्षदेखि ३४ वर्षसम्मको उमेरका रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij