२०८३ साउन ९ शनिबार

भन्सार छली लैजान लागेको सुनसहित विदेशबाट आएका नेपाली पक्राउ

ई आर्थिक    शनिबार, माघ २२ २०७३
4.1K
Shares
भन्सार छली लैजान लागेको सुनसहित विदेशबाट आएका नेपाली पक्राउ

२२ माघ, काठमाडौँ । अवैध रुपमा भन्सार छली लैजान लागेको भनिएको ९९ ग्राम सुनसहित तेह्रथुम श्रीजङ्गका यादवप्रसाद दाहाललाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार पक्राउ गरेको छ ।

विमानस्थलको सवारी बिसौनीस्थलमा विदेशबाट आएका नेपाली यात्रुका साथबाट सुनको चार थान बेरुवा औँठी सङ्कलन गरी भन्सार छली लैजान लागेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । सो सुनको बजारमूल्य करिब रु चार लाख ६८ हजार छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij