२०८३ साउन ९ शनिबार

तालाबन्दीपछि केयु गेटमा नै पढाइ

ई आर्थिक    शुक्रबार, माघ २१ २०७३
5.9K
Shares
तालाबन्दीपछि केयु गेटमा नै पढाइ

२१ माघ, बनेपा । काठमाडौँ विश्वविद्यालय (केयु)मा १३ दिनदेखि तालाबन्दी भएपछि विद्यार्थीले दबाब दिनका लागि विश्वविद्यालयको मूलद्वारामा बसेर नै पढाइ गरेका छन् ।

स्कुल अफ इन्जिनियरिङ र स्कुल अफ साइन्सका झन्डै सय विद्यार्थीले साङ्केतिक रुपमा विरोधस्वरुप एक घन्टा केयु गेटमा अध्ययन गरेका थिए । उनीहरुले ‘पढ्ने वातावरण बनाउँ’ भन्ने प्लेकार्ड समेत बोकेका थिए ।

लामो समयदेखि पठनपाठन सुरु नभएपछि साङ्केतिक रुपमा पढाइ निरन्तररुपमा सञ्चालन होस् भन्ने सन्देश दिन खोजेका हौँ बायोटेक्निकल चौँथो वर्षमा अध्ययनरत रुपक पराजुलीले भन्नुभयो ।

केयुका रजिष्टार भोला थापाले स्थगित विद्यार्थी कल्याण परिषद्को निर्वाचन कहिले र कसरी गर्ने भन्ने विषयमा सहमति हुन नसक्दा तालाबन्दी नखुलेको बताउनुभयो ।

काठमाडौँ विश्वविद्यालय अनेरास्ववियु राष्ट्रिय कमिटीका सचिव उजन गौतमले अनेरास्ववियुले चुनाव जित्ने निश्चित भएका कारण चुनाव भाँडिएको आरोप लगाउनुभयो । सो तालाबन्दी अनेरास्ववियुको नेतृत्वमा भएको थियो ।

तालाबन्दी खोल्ने विषयमा भएका पटकपटकका वार्ता असफल भएका छन् । माघ ९ गतदेखि केयुको प्रशासनिक कक्ष र विभिन्न विभागमा तालाबन्दी भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij