२०८३ साउन ९ शनिबार

कुमारी सेभिङ्गले बार्षिक कारोबार १ अर्ब ३३ करोड पु-याउने

ई आर्थिक    बिहिबार, माघ २० २०७३
7.9K
Shares
कुमारी सेभिङ्गले बार्षिक कारोबार १ अर्ब ३३ करोड पु-याउने

काठमाडौं । कुमारी सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले १३ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष सूर्य ध्वज न्यौपानेले प्रतिबेदन पेश गर्दै संस्थाले आ.ब. २०७२÷०७३ मा ७ करोड ४० लाख ४७ हजार १०० रुपैयाँ सेयर पूँजी पु¥याउन संस्था सफल भएको जानकारी दिनुभयो ।

सभामा अध्यक्ष न्यौपानेले यस आबमा ८९ करोड २९ लाख १२ हजार ५१२ रुपैयाँ पु¥याएको र कर्जा लगानी ५४ करोड ७४ लाख ४० हजार ७८७ रुपैयाँ पुगेको पनि बताउनु भयो । संस्थाले यस अवधिमा १ करोड ७ लाख ३१ हजार ६ सय ५४ रुपैयाँ खुद मुनाफा गरेको पनि सभामा जानकारी दिइएको थियो ।

सभामा दिइएको जानकारी अनुसार ११ करोड सेयर पूँजी पु¥याउने, निक्षेप संकलन १ अर्ब १० करोड पु¥याउने, कर्जा लगानी ९२ करोड ५४ लाख पुग्ने अनुमान गरेको छ । त्यसैगरी संस्थाले आफ्नो बार्षिक कारोबारलाई १ अर्ब ३३ करोड पु¥याउने सबै कारोबार पछि १६ करोड २८ लाख ६८ हजार हुने र सबा २ करोड नाफा आर्जन गर्ने अनुमान पनि गरेको छ ।

काठमाडौंको कालीमाटी र ठमेलमा सदस्य सेवा केन्द्र रहेको संस्थाले काठमाडौंको चावहिलमा आफ्नै सुविधा सम्पन्न कुमारी कम्प्लेक्समा मूख्य कार्यालय रहेको छ । संस्थाले सहकारीको गुणात्मक विकासको लागि मर्जरमा समेत जोड दिंदै आएको छ ।
काठमाडौंको कालिमाटीमा रहेको लक्ष्मी बिराट बचत तथा ऋण सहकारी संस्थालाई सफल एकीकरण गरिसकेको संस्थाले आगामी दिनमा पनि मर्जर अभियानलाई जारी राख्ने जानकारी दिएको छ ।

आफ्नो आधुनिक र प्रभावकारी सेवालाई काठमाडौंका अन्य स्थानका सर्वसधारणलाई समेत उपभोग गराउन संस्थाले काठमाडौंका दुई स्थानमा सदस्य सेवा केन्द्र विस्तार गर्ने योजना बनाएको छ ।

आफ्ना सदस्यहरुलाई समय सुहाउँदो सेवा प्रदान गर्दै आएको यस संस्था देशमै रहेका सहकारी मध्ये सबैभन्दा ठूलो र मूख्य लोकसनमा अवस्थित छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij