२०८३ साउन ९ शनिबार

खाना पकाउने ग्यासको मुल्य २५ रुपैयाँले बढ्यो

ई आर्थिक    बिहिबार, माघ २० २०७३
6.7K
Shares
खाना पकाउने ग्यासको मुल्य २५ रुपैयाँले बढ्यो

२० माघ, काठमाडौँ । खाना पकाउने ग्यासको मूल्यमा प्रतिसिलिन्डर रु २५ वृद्धि भएको छ ।

बिहीवारदेखि ग्यासको मूल्य बढेर प्रतिसिलिन्डर रु एक हजार तीन सय ५० पुगेको नेपाल आयल निगमका प्रवक्ता भानुभक्त खनालले जानकारी दिनुभयो ।

“यसभन्दा अघि पनि ७८ रूपियाँ २४ पैसा प्रतिसिलिन्डर घाटा थियो र अहिले फेरि २५ रूपियाँ बढाउँदा पनि एक सय ६२ रूपियाँ ९१ पैसा प्रतिसिलिन्डरमा घाटा हुनेछ, समग्रमा आयल निगम अब पछिल्लो १५ दिनमा २३ करोड ९३ लाख रूपियाँ घाटामा हुनेछ”,उहाँले भन्नुभयो ।

इन्डियन आयल कर्पोरेसनबाट नै मूल्य बढेर आएपछि यहाँ पनि मूल्य वृद्धि गर्नुपरेको उहाँको भनाइ छ ।

यसभन्दा अघि प्रतिसिलिन्डर रु एक हजार तीन सय २५ मूल्य निर्धारण गरिएको थियो । पेट्रोल र डिजेलमा भने मूल्य यथावत् रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij