२०८३ भाद्र २८ आइतबार

“स्वर्णिम श्रीमदभागवत सप्ताह ज्ञानमहायज्ञ-२०७३” सुरु

ई आर्थिक    बुधबार, माघ १९ २०७३
5.3K
Shares
“स्वर्णिम श्रीमदभागवत सप्ताह ज्ञानमहायज्ञ-२०७३” सुरु

१९ माघ, काठमाडौँ । १०८ श्रीमदभागवत स्वर्णकल्याण सेवा परिषदको ४९ औ अनुष्ठानको संयुक्त आयोजनामा आजदेखि “स्वर्णिम श्रीमदभागवत सप्ताह ज्ञानमहायज्ञ-२०७३” सुरु गरिएको छ ।

राष्ट्र तथा विश्व शान्ति, पितृउद्धार एवम् श्री गौखुरेश्वर महादेव मन्दिर निर्माण, रमणिय बगैचा पार्क निर्माण, युवा लक्षित खेल्कुद मैदान निर्माण र बिकासको उद्देश्यसहित महायज्ञ आयोजना गरिएको छ ।

puja2

 

युवावर्गको उलेखनिय सहभागीता रहेको सो महायज्ञको उद्घाटन गर्दै मुस्कान सेनाको अध्यक्ष मुस्कान पौडेलले आफ्नो धर्म, रीतिरिवाज, परम्पराको संरक्षणमा महायज्ञले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

puja31

माघ २७ गतेसम्म हुने उक्त महायज्ञमा कथा व्यास विदुषी सुश्री अनुराधा शास्त्रीजी प्रमुख वाचिका तथा मुमुक्षु श्री उद्धव शर्माले कथावाचन गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा आज बाजागाजासहित सांस्कृतिक झाँकी र कलशयात्रा गरिएको थियो ।

महायज्ञमा पाल्नु चाहनुहुने बन्दुहरुकालागी संपर्क नम्बर: ९८६०८०२९५५ / ९८५१२११२८३

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij