२०८३ साउन १२ मंगलबार

महिलाकै लगानीमा सहकारी

ई आर्थिक    बुधबार, माघ १९ २०७३
5.5K
Shares
महिलाकै लगानीमा सहकारी

१९ माघ, तेह्रथुम । ह्वाकु गाविसका महिलाले आफ्नै नेतृत्व र सेयर लगानीमा ‘जालपादेवी महिला कृषि सहकारी संस्था’ सञ्चालन गरेका छन् । ।

ह्वाकुको नौवटै वडाका १० वटा आमा समूहमा आबद्ध १२५ महिलाले सेयर लगानी गरी सो सहकारी सञ्चालन गरेको अध्यक्ष बलमाया गुरुङले बताउनुभयो । सहकारीमा आबद्ध सेयर सदस्यले न्यूनतम १० देखि २० कित्तासम्म सेयर लगानी गरेका छन् ।

सुरुवातमा सहकारीको कुल पुँजी रु तीन लाख ३९ हजार रहेको सचिव मेनुका ओलीले जानकारी दिनुभयो । सहकारीले बचत, ऋण लगानी तथा असुलीको कारोबार समेत सुरु गरेको छ । ग्रामीण भेगका महिलाको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले सहकारी सञ्चालन गरेको ओलीको भनाइ छ ।

‘देउराली सोसाइटी’ गैरसरकारी संस्थाले महिलालाई सहकारी संस्थातर्फ प्रवर्धन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij