२०८३ साउन ११ सोमबार

वार्षिक ४ लाख ५० हजार श्रमशक्ति बजारमा ल्याउने अर्थमन्त्रालयको योजना

ई आर्थिक    बुधबार, माघ १९ २०७३
6.4K
Shares
वार्षिक ४ लाख ५० हजार श्रमशक्ति बजारमा ल्याउने अर्थमन्त्रालयको योजना

१९ माघ, काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक विकासका लागि स्वरोजगार बनाउने र रोजगारी सिर्जनाका लागि ठाउँ अनुसारको सिप तयार पार्ने जनाएको छ । जस अन्तर्गत ठूला आयोजनाको कार्यान्वयन, पुनर्निर्माणकमा तिब्रता, स्वरोजगार कार्यक्रमको बिस्तार गर्ने, विभिन्न तालिमहरु दिएर १ वर्षमा ४ लाख ५० हजार श्रमशक्ति बजारमा ल्याउने र रोजगारी दिने योजना छ ।

चालु आर्थिक वर्षमा ६ दशमलब ५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य अनुसार कार्य अघि बढाएको अर्थ मन्त्रालयले जनाएको छ । मौद्रिक र गैर मौद्रिक उपायद्धारा मूल्यवृद्धि नियन्त्रण गर्न बजारमा प्रसासनिक उपस्थिती बढाएको अर्थसचिव शान्तराज सुवेदीले बताउनुभयो ।

एक इलाका एक व्यवसाय र एक परिवार एक रोजगार तयार पार्न युवा स्वरोजगार कोषबाट ७५ जिल्लामै शैक्षिक प्रमाणपत्रद्धारा ऋण दिने तयारी भएकाले यहि वर्षको चैत्र मसान्तसम्म कार्यान्वयन हुने अर्थसचिव सुवेदीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij