२०८३ भाद्र २८ आइतबार

वैदेशिक रोजगारीको नाममा दर्जनौँ व्यक्तिलाई ठगी गर्ने पक्राउ

ई आर्थिक    बुधबार, माघ १९ २०७३
6.7K
Shares
वैदेशिक रोजगारीको नाममा दर्जनौँ व्यक्तिलाई ठगी गर्ने पक्राउ

काठमाडौँ, १८ माघ । कतारलगायत खाडी मुलुकमा आकर्षक तलब सुविधा, खाने तथा बस्ने व्यवस्थासमेत छ भनी ठगी गर्ने कार्यमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले धनुषा जिल्ला मिथिलेश्वर गाविस घर भई हाल ललितपुर नकबहिल बस्ने अमन भन्ने मोहम्मद अजमत अली साहलाई पक्राउ गरेको हो । उनले विभिन्न कम्पनीको नक्कली मागपत्र देखाई रोजगारीमा पठाइदिन्छु भन्दै प्रत्येक पीडितसँग राहदानी लिई प्रतिव्यक्ति रु एक लाख १० हजारदेखि रु दुई लाख सम्मको रकम उठाई ठगी गर्दै आएको ब्यूरोले जनाएको छ ।

कुनै आधिकारिक वैदेशिक रोजगार व्यवसायी तथा प्रतिनिधिसमेत नरहेका साहविरुद्ध हालसम्म ८७ जना पीडितले ब्युरोमा जाहेरी दर्खास्त दिइसकेका छन् । साहको डेरा कोठाबाट तीन थान भारतीय राहदानी र १७७ थान नेपाली नागरिकको राहदानीसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

पछिल्लो आठ/नौ महिनामाको अवधिमै पीडितहरूकै नामबाट सिम कार्ड निकाली १५ वटाभन्दा बढी मोबाइलको सिम प्रयोग गरेको ब्यूरोले जनाएको छ ।

गैँडाको खागसहित पक्राउ

ललितपुर देवीचौर–७ देउराली बस्ने वर्षीय समिर वाइबा र काभ्रेपलाञ्चोक कानपुर बस्ने नीरन लामालाई गैँडाको खागसहित प्रहरीले पक्राउ गरेको छ ।

गैँडाको खाग ओसार–पसार तथा खरिद–बिक्री भइरहेको भन्ने विशेष सूचनाका आधारमा सोमबार केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले भक्तपुर मध्यपुर ठिमी नगरपालिका, कौशलटारबाट गैँडाको एक थान खागसहित पक्राउ गरेको हो ।

थप अनुसन्धान एवम् आवश्यक कानुनी कारबाहीका लागि ब्युरोले जिल्ला वन कार्यालय भक्तपुर पठाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij