२०८३ भाद्र २८ आइतबार

२५ जनाको क्षमता रहेको कारागारमा ४७ कैदीबन्दी हुँदा समस्या

ई आर्थिक    मंगलबार, माघ ४ २०७३
4.4K
Shares
२५ जनाको क्षमता रहेको कारागारमा ४७ कैदीबन्दी हुँदा समस्या

४ माघ, बैतडी । चिसो बढेसँगै जिल्ला कारागार बैतडीमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा बसोबास तथा उपचारमा समस्या भएको छ । २५ जनाको क्षमता रहेको कारागारमा ४७ कैदी र एक थुनुवा गरी ४८ जना कैदीबन्दी हुँदा बस्न समस्या भएको जेलर अनिल तिवारीले बताउनुभयो ।

विसं २०४२ सालमा निर्माण गरिएको कारागार अहिले हिउँदको बेला जाडो र पानी परेको बेला चुहिने भएकाले छानोमा त्रिपाल हालेर बस्ने गरिएको छ । यस्तै, कारागारमा खानेपानी नहुँदा झनै समस्या भएको जेलर तिवारीले बताउनुभयो । कारागारमा क्षमताभन्दा बढी कैदी भएकाले उपचारका लागि पनि उत्तिकै समस्या भएको छ ।

कारागारमा एकजना अहेवको दरबन्दी भए पनि हाल उक्त दरबन्दी रिक्त हुँदा उपचारमा समस्या भएको हो । हिउँदको समयमा चिसोका कारण रुघाखोकीलगायत अन्य बिरामी पर्ने भए पनि औषधि नभएको बताइएको छ ।

कारागारमा २५ जनाका लागि मात्रै औषधि उपचार खर्च हुने भएकाले क्षमताभन्दा दोब्बर कैदी हुँदा नपुग्ने गरेको जेलर तिवारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij