२०८३ भाद्र २९ सोमबार

उस्तै बचत तथा ऋण सहकारी निर्माणको लागि स्वरुप र सञ्चालनमा एकरुपता

ई आर्थिक    सोमबार, पौस ११ २०७३
13.7K
Shares
उस्तै बचत तथा ऋण सहकारी निर्माणको लागि स्वरुप र सञ्चालनमा एकरुपता

शिबजी सापकोटा |

समुदायको आर्थिक, सामाजिक र साँस्कृतिक विकासमा सामुहिक जिम्मेवारी र दायित्व वहन गर्ने गरी गठित बचत समुहहरुको एकिन गरी समुदायको रकमको जगेर्ना गर्न एकत्रित हुनुपर्ने निचोडका साथ राष्ट्रिय स्तरको नेतृत्व लिन वचत समुह राष्ट्रिय तदर्थ समितिले २०४५ साल श्रावण ३२ गते शुरुवात गरेको नेफ्स्कूनले संगठित समुहहरुलाई सहकारी ऐन २०४८ को ऐन पछि आफु दर्ता हुने र बचत सहकारीहरुलाई दर्ता हुन प्रेरित गर्दै आयो । बैधानिक जनमुखी सहकारी दर्ताको अधिकार प्राप्त गरेको २५ वर्ष भित्रमा करिब ३३००० सहकारीहरु दर्ता भए जसमध्ये करिब १४००० बचत तथा ऋण सहकारीहरु र ४००० भन्दा बढी बहुउद्देश्यीय गरी १८००० भन्दा बढीले प्रत्यक्ष रुपमा बचतको कारोबार गर्दै आएकाछन् अर्थात सदस्यको रकम उठाउने र सोही संकलित बचत वा पूँजिलाई आय आर्जनको क्षेत्रमा लगाउँदै आएकाछन् । समग्र सहकारीको तथ्याङ्क आधारमा करिब ५७,००० ले प्रत्यक्ष रोजगारी र ३ लाख ९६ हजार व्यक्तिहरुले नेपालको आर्थिक विकासको मेरुदण्ड ठानी स्वयम्सेवी भूमिका निर्वाह गरी यस सहकारी अभियानले मुलुकमा व्याप्त गरिबी न्यूनिकरण गर्ने ठम्याइमा पुगेको अवस्था छ ।

स्थानीयस्तरमा वित्तीय पहूँच अभिवृद्धि गर्नु, समुदायमा आपसी भाइचाराको भावना पूनर्जागृत गराउनु, अत्यावश्यकीय सेवाहरु स्थानीय स्तरमा प्राप्त गर्नु अर्थात विशेष गरी बचत, ऋण, विप्रेषण र जोखिम सुरक्षाका लागि वीमा वा आपसी सहयोगका क्षेत्रमा सम्पूर्ण समाधानको केन्द्र सहकारीहरु बनिरहेका छन् । स्थानीयस्तरमा उपलब्ध श्रोत र साधनहरुको अधिकतम उपयोग गरी सहकारीतामा आधारित व्यवसाय तथा परियोजनाले आयात प्रतिस्थापनका लागि सहकारी भन्ने मान्यतालाई सार्थक बनाउने र परिवर्तित समाजलाई संयोजन गर्दै सहकारीताको माध्यमबाट सामाजिक रुपान्तरणलाई आत्मसात गर्न सदस्यहरुलाई प्रेरित गर्ने काम सहकारीबाट भएको छ । औपचारिक रुपमा यसको २०१३ साल देखि नेपालमा सहकारीको संस्थागत अनुभूति गर्न पाइए पनि त्यस भन्दा अघि देखि नै प्रारुपहरु देखिइसकेका थिए । जसको परिस्कृत रुपहरु अहिले संस्थागत ढंगबाट, प्रक्रियागत ढंगबाट र नीतिगत ढंगबाट सञ्चालित सहकारीहरुमा देख्न सकिन्छ । हाल विश्वव्यापी बनेका हरेक एजेण्डाहरुमा सहकारी पनि एक वित्तीय पहुँच र आर्थिक विकासको एक महत्वपूर्ण एजेण्डा बनेको छ । त्यसैले सहकारी दशक भनेर अन्तराष्ट्रिय सहकारी महासंघले सन् २०१० देखि २०२० लाई सहकारी दशक नाम दिई रणनीतिहरु तय गरेकोछ ।

नेफ्स्कून, बचत तथा ऋण सहकारीहरुको विषयगत केन्द्रीय संघ भएका कारण आफ्ना यिनै सदस्यहरुको प्रवद्र्धन, संस्थागत विकास, स्तरीकरण र प्रविधि उपयोग÷हस्तान्तरणको माध्यमबाट अनुसासित र मर्यादित सहकारीको संस्कृति सिकाउनमा तल्लीन छ र निरन्तर लागिपरेको छ । शुरुका दिनहरु देखि एशियाली ऋण महासंघको प्रत्यक्ष मार्गनिर्देशनमा प्रवद्र्धन तहः संघ संस्थाको विनियम, नीतिहरु निर्माण र सदस्यता अभिवृद्धिको क्षेत्र, संस्थागत विकास तहः आवश्यक अनिवार्य नीतिहरु, पल्र्स अनुगमन प्रणाली मार्फत वचत तथा ऋण सहकारीको वित्तीय एवम् आत्मनिर्भरता÷दीगोपना परीक्षण, सुशासनमार्फत भूमिका र जिम्मेवारी विषयमा छलफल र वहस, सहकारी एवम् लेखा व्यवस्थापन मार्फत दैनिक संचालनमा चुस्त एवम् दुरुस्तता कायम, स्तरीकरण तहः पल्र्स अनुगमन, राष्ट्रिय (प्रोवेशन), अन्तराष्ट्रिय (एक्सेस) मापदण्डहरुको निर्माण, कार्यान्वयन र परीक्षणका पछिल्लो पटक एशियाका साकोसहरुलाई लक्षित गरी सिफारिस गरिएको मोडेल सहितको एकिकृत प्रविधि उपयोगको तहः क्यानडा, अमेरिका र कोरियामा अभ्यास गरिएका आधुनिक नवप्रवर्तनहरुको हस्तान्तरण साकोस यूनिफिकेशन मोडेलले नेपालको साकोस अभियानलाई अझ वढी मर्यादित, अनुशाशित, सुरक्षित र जिम्मेवार बनाउने लक्ष्य लिएको छ ।

साकोस यूनिफिकेशन

विश्वका सफल बचत सहकारी अभ्यासकर्ता मुलुकहरुमा अवलम्वन गरिएको यस मोडेलले केन्द्रीकृत नीतिगत सर्वोच्चता, कार्यगत स्वायत्तताको आधारमा केन्द्रले तयार गरेको नीति एवम् मार्गदर्शनहरुको पालना गरी आफ्नो संस्थालाई एक सुरक्षित र कुनै निकायबाट निर्देशित एवम् संरक्षित वित्तीय सहकारीको रुपमा पहिचान दिलाउछ । यस मोडेलमा केन्द्रीय संघका सदस्य संस्थाहरु सबै केन्द्रको नेटवर्कमा सामेल हुन्छन् र केन्द्रले जारी गरेको समयानुकुल नीति, कार्यविधि, वस्तुविविधिकरण एवम् मार्गनिर्देशनहरुलाई स्वीकार गर्दछन् । विशेषगरी सुशासनका नीतिहरु, लेखा अभिलेख, व्यवस्थापकीय क्षमता विकास, प्रविधि प्रयोगमा एकरुपता र वस्तु तथा सेवामा केन्द्रीय संघको नीतिगत सर्वोच्चता रहन्छ भने संस्थाले यसलाई आफ्ना सदस्यहरु सामुलैजाने तौर तरिका एवम् प्रजातान्त्रिक तवरले नेतृत्व चयन र संचालनमा स्वायत्तता रहन्छ । यस यूनिफिकेशन मोडलमा साकोस अभियानको ऐक्यवद्धता प्रदर्शनका लागि केन्द्रीय संघको पहिचान संकेत प्रयोग गर्नुपर्ने हुन्छ र अनिवार्य रुपमा संघको अनुगमनमा रहनुपर्ने साथै निश्चित अवधिमा संघले तोके बमोजिमको ढाँचामा व्यवस्थापन, पहुँच र वित्तीय प्रतिवेदन पेश गर्नुपर्ने हुन्छ ।

यसरी केन्द्रले तयार गरेको प्रविधिको उपयोग मार्फत एकै सञ्जालमा सदस्य साकोसहरु आइसकेपछि अभियानको पहुँच र क्षमता केन्द्रीय संघमा जानकारी हुन्छ र आफ्नो सञ्जालमा परिचालित मानव श्रोत, व्यक्तिगत सदस्यता, पूँजिको अवस्था र आर्थिक विकासमा साकोस क्षेत्रले पु¥याएको योगदानलाई मापन गर्न सकिन्छ । यसका अलावा यसको कार्यगत तहमा तत्काल जानकारीहरु केन्द्रमा पुग्ने भएकाले संस्थाको वित्तीय एवम् व्यवस्थापकीय जोखिमको स्थितिप्रति जानकार हुने र तत्काल सम्बोधन गरी निराकरणमा सहयोग पुग्नेछ जसले गर्दा वित्तीय क्षेत्रमा कार्यगर्ने साकोसहरु सुरक्षित हुनेछन् । विशेष गरी साकोस यूनिफिकेशनले वित्तीय सहकारीहरुमा दृश्य र व्यवहारमा एकरुपता ल्याउँछ जसले गर्दा  समुदायमा साकोसको छवी उच्च हुनेछ । त्यसैले सवाल सहकारीताको मूल्य, मान्यता र सिद्धान्तको मात्र होईन सदस्यको रकम उठाएर त्यसको उचित प्रयोजन र पारदर्शिता कायम राख्नुको पनि हो ।

(सापकोटा नेफ्स्कूनको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij