२०८३ साउन ९ शनिबार

‘उपलब्धी पाएपनि अवसर पाएनौं’

ई आर्थिक    सोमबार, पौस ११ २०७३
6.6K
Shares
‘उपलब्धी पाएपनि अवसर पाएनौं’

अगुवा महिलाहरुले उपलब्धि पाए पनि अवसर नपाएको बताएका छन् । संकल्पको नयाँ कार्यसमितिलाई बधाई दिन आयोजित अन्तरक्रिया अन्तरक्रिया कार्यक्रममा उनीहरुले सो कुरा वताएका हुन ।

राज्यको पुर्नसंरचना र स्थानीय तहको निर्वाचनको वहस भइरहेका बेला यी संरचना र स्थानीय तहमा महिलाको अर्थपूर्ण सहभागितालाई सवैले साझा मुद्दा बनाउनुपर्ने महिलाहरूले उनीहरुले बताएका छन् । संविधानले महिला सहभागिताका कुरा सुनिश्चित गरेपनि यसको कार्यान्वयन नहुँदा चूनौतिपूर्ण बन्दै गएको उनीहरूको भनाई छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै नयाँ शक्ति नेपालका नेता हिसिला यमीले भन्नुभयो ‘सर्वोच्च निकायमा महिला त छन, तर जरो बलियो भएन, जबसम्म जरो बलियो हुँदैन त्यो दिगो हुँदैन ।’ उहाँले अब महिला अधिकार, हिंसा र सहभागिताका कुरा महिलाले मात्रै होइन पुरुषले उठाउनुपर्ने भन्दै महिलाका हरेक मुद्दामा पुरुष सहभागिता अनिवार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली काँग्रेसका नेता पुष्पा भुषालले स्थानीय तहमा महिला सहभागिताका लागि संविधानले व्यवस्था गरेपनि महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नभएका कारण यसको कार्यान्वयन चूनौतिपूर्ण रहेकाले महिला आन्दोलनको कठिन यात्रा अझै बाँकी रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘उपलब्धी पायौं, अवसर पाएनौं ।’

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता जयपुरी घर्तीले स्थानीय, प्रदेश र केन्द्र तीनवटै तहको निर्वाचनमा महिला सहभागिता सुनिश्चित गर्न सवै महिला जाग्नुपर्ने बेला भएको बताउनुभयो ।

कार्यक्रममा सत्यनिरुपण तथा मेलमिलाप आयोगका आयुक्त माधवी भट्टले द्वन्द्व पीडित महिलाका मुद्दा साझा भएको भन्दै उनीहरूको न्यायमा ढिलाई र सम्झौता गरिए शान्ति प्रक्रिया टुँगोमा नपुग्ने औंल्याउनुभयो । स्रोत र ऐन नियमको अभावमा आयोग दुईवर्ष पुग्दासम्म अनुसन्धानको फाइल खोल्नै नसिकिरहेको उहाँको भनाइ थियो ।

बेपत्ता छानवीन आयोगका आयुक्त विष्णु पाठकले आयोगलाई पीडितमैत्री बनाउन यस क्षेत्रमा काम गर्नेहरूसँग सहकार्य गर्न खोजीरहेको औंल्याउनुभयो ।

कार्यक्रममा बोल्दै संकल्पका नवनियुक्त अध्यक्ष लिली थापाले राज्य पुर्न संरचना हुँदा महिलाको सहभागिता बढाउन के गर्न सकिन्छ यसमा वहस जरुरी रहेका बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij