ई-आर्थिक, काठमाडाैँ । बचत तथा ऋणको केन्द्रीय संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून)को ३२ औं साधारण सभाले चन्द्र प्रसाद ढकालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ। नेफस्कुनको वरिष्ठ उपाध्यक्षमा दामोदर अधिकारी, महिला उपाध्यक्षमा शान्ति अधिकारी, महासचिवमा घनश्याम अधिकारी निर्वाचित भएका छन् भने कोषाध्यक्षमाः दीपक थापा निर्वाचित भएका छन् ।
त्यसैगरी महिला सन्चालकमा सिता ढकाल पौडेल , मन्दिरा मिश्र ,कमला देबी गिरी र कोशी प्रदेश संचालकमा लक्ष्मी सापकोटा, मधेस प्रदेश संचालकमा शोभा कुमारी राउत, बागमती प्रदेश संचालकमा खेम राज सुबेदी, गण्डकी प्रदेश संचालकमाः गोपाल प्रसाद गौतम, लुम्बिनी प्रदेश संचालकमाः ज्ञानु पौड्याल, कर्णाली प्रदेश संचालकमा बीर बहादुर भोटे र सुदुरपश्चिम प्रदेश संचालकमा दिप्ती शाही निर्वाचित भएको निर्वाचन उपसमितिले जनाएको छ।
त्यसैगरी संचालक खुल्लामा नबराज अर्याल, देव कुमार श्रेष्ठ ,सुशील कुमार बस्न्यात, र शालिकराम ढकाल निर्वाचित भएका छन् । नेफस्कूनको लेखा सुपरीवेक्षण समिति सम्योजकमा इन्द्रराज ज्योति पौडेल र सदस्यहरुमा हेमराज बिष्ट र दुर्गा तिवारी सन्जेल निर्वाचित भएका हुन् । नयाँ सञ्चालक समिति चयनका लागि नेफस्कूनका निवर्तमान अध्यक्ष परितोष पौड्याल र बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल प्यानलबीच चुनावी प्रतिस्पर्धा भएको थियो । निर्वाचनमा दáै प्यानबाट मिश्रित परिणाम आएको छ ।