२०८३ साउन १४ बिहिबार

समृद्धि फाइनान्सका ६ शाखाद्वारा बृक्षरोपण कार्यक्रम सम्पन्न

ई आर्थिक    आइतबार, साउन २८ २०८०
5.8K
Shares
समृद्धि फाइनान्सका ६ शाखाद्वारा बृक्षरोपण कार्यक्रम सम्पन्न

ई–आर्थिक, काठमाडौं । काठमाडौं। समृद्धि फाइनान्सका विभिन्न शाखाले वृक्षरोपण कार्यक्रम गरेका छन् । संस्थाका मधुवन, खगेन्द्रपुर, कसाह, जनकपुर, बनेपा र नारायणगढ शाखाले वृक्षरोपण कार्यक्रम गरेका हुन् । संस्थाको वृक्षरोपण अभियान साउनको पहिलो हप्तादेखि शुरू भएको हो ।

संस्थाका सबै शाखामार्फत वृक्षरोपण गर्ने अभियान अनुरूप सातओटा शाखाले यसअघि नै वृक्षरोपण कार्यक्रम सम्पन्न गरिसकेका छन् । यस वर्ष संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक महीना विभिन्न सामाजिक काम गर्ने योजना बनाएको संस्थाले जानकारी दिएको छ ।

संस्थाले हाल १३ शाखामार्फत आरटीजीएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङ, डेबिट कार्ड, क्यूआर कोड जस्ता डिजिटल सुविधा सहितका सेवा प्रदान गर्दै आएको छ ।
बढीको

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij