२०८३ साउन १६ शनिबार

कामना सेवा विकास बैंकको सीईओमा दिनेश थकाली, जेठ १४ गते बाट कार्यभार सम्हाल्ने

ई आर्थिक    बिहिबार, बैशाख १४ २०८०
8.4K
Shares
कामना सेवा विकास बैंकको सीईओमा दिनेश थकाली, जेठ १४ गते बाट कार्यभार सम्हाल्ने

ई–आर्थिक, काठमाडौं । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिनेश थकाली नियुक्त हुने भएका छन् । प्रभु बैंकको चिफ बिजनेश अफिसर (सीबीओ) रहेका थकाली कामना सेवाको सीईओ बन्ने भएका हुन् । थकालीलाई सीईओ बनाउनका लागि कामना सेवाको सञ्चालक समितिले थकालीको व्यावसायिक प्रस्तुतीकरण लिइसकेको छ ।

चार्टर्ड एकाउण्टेण्ट थकाली ३२ वर्षको उमेरमै तत्कालिन सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए ।

बागेश्वरी र साग्रिला गाभिए पछि थकाली कम्पनी सचिव तथा डेपुटी सिइओ भए । साग्रिला डेभलपमेन्ट पछि थकाली प्रभु बैंकको प्रमुख सञ्चालन अधिकृतमा प्रवेश गरेका थिए ।

प्रभु बैंकको नायव महाप्रवन्धक तथा प्रमुख बजार अधिकृत थकालीले साढे दुई वर्ष प्रभु क्यापिटलको प्रवन्ध संचालक पदमा रहेर काम गरे । प्रभु क्यापिटलको नेतृत्वमा रहदा उनले दुई वटा म्युचुअल फण्ड निष्काशन गरेका थिए । थकालीले प्रभु बैंकबाट राजिनामा दिइसकेका छन् । राजिनामा स्वीकृत हुन भने बाँकी छ ।

थकाली नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघका पूर्वमहासचिव समेत हुन् । उनले लण्डन स्कूल अफ इकोनोमिक्स लण्डन, विश्व बैंक वासिङ्गटन, एआइटी थाइल्याण्ड, फिच्ट लर्निङ्ग सिंगापुर लगायतका प्रतिष्ठित संस्थाहरुबाट बैंकिङ्ग तथा व्यवस्थापन सम्बन्धि विभिन्न विधामा अध्ययन तथा तालिम लिएका छन् ।

त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तथा कानूनमा स्नातकको अध्ययन पूरा गरेका थकालीले सांग्रिलाबाट म्यानेजमेण्ट ट्रेनीको रुपमा बैकिङ करियर शुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij