२०८३ भाद्र ३० मंगलबार

आईजीआई र प्रुडेन्सियल इन्स्योरेन्स एक हुँदै, अध्यक्ष ढकाल र सिईओ श्रेष्ठ हुने

ई आर्थिक    सोमबार, चैत्र ६ २०७९
6.4K
Shares
आईजीआई र प्रुडेन्सियल इन्स्योरेन्स एक हुँदै, अध्यक्ष ढकाल र सिईओ श्रेष्ठ हुने

ई–आर्थिक, काठमाडौं । आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एक हुने भएका छन् । दुबै कम्पनीले मर्जरका लागि अन्तिम सम्झौता गरेका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्षको उपस्थितिमा दुई कम्पनीले मर्जरका लागि अन्तिम सम्झौतामा हस्ताक्षर गरेका हुन । दुबै कम्पनी बीच एक बराबर एकको स्वाप रेसियोमा मर्जर गर्ने सम्झौता भएको हो । आगामी ६० दिन भित्र एकीकृत कारोबार थाल्ने तयारी छ ।

सम्झौतामा नयाँ कम्पनीको सिईओमा आइएमई जनरल इन्स्योरेन्स कम्पनीका सिईओ युगेशभक्त वादे श्रेष्ठ हुनेछन् । त्यस्तै कम्पनीको अध्यक्षमा हेमराज ढकाल हुनेछन् । कम्पनीको नाम आइएमई प्रुडेन्सियल इन्स्योरेन्स राख्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij