३ वैशाख, काठमाडौँ । युनाईटेड फाईनान्स लिमिटेडले आफ्न शेयरधनीहरुकालागी हकप्रद शेयर निष्काशनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । युनाईटेडले २० प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
बिक्री प्रबन्धक नियुक्ती सम्बन्धि सम्झौतापत्रमा वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनन्द बहादुर श्रेष्ठ र निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले हस्ताक्षर गर्नुभयो ।