२०८३ भाद्र ३० मंगलबार

अर्थमन्त्री खतिवडा भन्छन् ‘मैले त सिन्को भाँचे, तिमीहरुले यति पनि गरेर देखाएनौ’

ई आर्थिक    सोमबार, फाल्गुन ५ २०७६
8.4K
Shares
अर्थमन्त्री खतिवडा भन्छन् ‘मैले त सिन्को भाँचे, तिमीहरुले यति पनि गरेर देखाएनौ’

ई–आर्थिक, काठमाडौं । आफ्नोबारेमा आलोचना गर्नेप्रति मानिस रिसाउँछ । मेरोबारेमा आलोचना किन भइरहेको छ ? आलोचनामा कतिको सत्ययता छ ? म सच्चिनु पर्छ कि पर्दैन ? भन्नेतिर मानिसले ध्यानै दिदैन । अपबादलाई छाडेर हेर्ने हो भने यो मानिसको आम प्रबृत्ति नै हो । अझ शासक त आफ्नो गुलामी मात्र चाहन्छ ।

नेपालकै शासकको प्रबृत्ति हेर्ने हो भने शासकले चाकडी र गुलामीलाई मूल योग्यता बनाएको देखिन्छ । राणा काल, पन्चायत काल, प्रजातन्त्र काल, गणतन्त्र काल अर्थात राणा, पन्च, राजा, कम्युनिष्ट, काँगे्रस सबै शासकले उत्तिकै गुलामी र चाकडी चाहेको देखिन्छ । शासकको बिरुद्ध उठेका आवाज राणा काल र पन्चायतकालको समयमा निर्ममतापूर्बक दबाइए । अहिले त्यो सम्भब छैन । प्रजातन्त्र काल र अहिलेको गणतन्त्रमा आलोचना गर्नेहरुलाई भरसक दुख दिने, यसो गर्न पनि सम्भब नभए कुनै अबसर र सेवा, सुबिधा नदिने नीति अख्तियार गरेको देखिन्छ । यो प्रबृत्ति दुई तिहाई निकटको कम्युनिष्ट सत्तामा अझ मलजल गरिएको छ । त्यसैले आलोचना गर्नेहरुप्रति प्रधानमन्त्रीदेखि लिएर उनका मन्त्रीहरु पनि निकै कडारुपमा प्रत्युत्तर दिने गर्छन । यो सरकारमा सबैभन्दा बढी आलोचना हुने मन्त्रीमा अर्थमन्त्री डा. युवराज खतिवडा पर्दछन् ।

चालु बजेटको अर्धबार्षिक समीक्षापछि त झन उनको र सरकारको आलोचनाको ग्राफ आकासिएको छ । यसले अर्थमन्त्री खतिवडालाई आक्रोसित नबनाउने कुरै भएन । उनको र सरकारको आलोचना गर्नेहरुमा अर्थशास्त्री, स्वतन्त्र बुद्धिजीबि र पूर्बप्रशासक बढी छन् । हुन त नागरिकहरुलाई सरकारको गतिबिधिप्रति पटक्कै सन्तुष्टि छैन । उनीहरुको लागि यो सरकार ‘के सोच मैले, के भयो अहिले’ जस्तै भएको छ । तर उनीहरुको कुरा भुइतहमै सीमित छ । सन्चारमाध्यममा उनीहरुको गुनासा र आलोचना आउने कुरै भएन ।

सन्चार माध्यमहरुमा यस्तै अर्थशास्त्री तथा पूर्बप्रशासकहरुको प्रतिक्रिया आउँछ । उनीहरुले बर्तमान सरकारका गतिबिधि र सुस्तताको बारेमा कडा आलोचना गरिरहेका छन् । यसरी आफ्नो र सरकारविरुद्ध कडा टिकाटिप्पणी गर्ने पूर्वप्रशासकहरुप्रति अर्थमन्त्री खतिवडाले पनि आक्रोसित भएर अभिव्यक्ति दिएका छन् । सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको सोमबार उद्घाटन कार्यक्रम थियो । कार्यक्रमको प्रमुख अतिथि थिए, अर्थमन्त्री डा. खतिवडा । यो मन्चलाई उनले आफ्नो र सरकारको आलोचना गर्नेहरुको हुर्मत लिन उपयोग गरे । ‘अहिले सरकारको आलोचना गर्नेहरुमा हिजो दशकौंसम्म राज्यको नीति निर्माणको तहमा बसेर सिन्को नभाँच्ने छन् । नैतिकता हुदो हो त तिनीहरुले सरकारको आलोचना गर्न सुहाउँदैन ।’ अर्थमन्त्री खतिवडाले भने ।

सरकारको आलोचना गरेर समयको बर्बादी गर्नुभन्दा मेरो पालामा केही गर्न सकिनछु भनेर आत्माआलोचना गर्न गर्नु बुद्धिमत्ता हुने उनले सुझाब दिए । बरु आफ्नो पालामा सिन्को भाँच्ने काम भने भएको उनको दाबी थियो । बर्षौदेखि बिगे्र भत्केको काम दुई बर्षमै बनाउन असम्भब हुने बताउँदै उनले दुई बर्षमा सरकारले राम्रै काम गरेको बताए । अहिले आलोचना गर्नेहरुले नै दशकौं राज्यको नीति निर्माण र प्रशासन तहको नेत्तृत्व गर्दा मुलुकलाई यो हबिगतमा पु¥याएको उनको जिकिर थियो । उनले खासगरीकन पूर्वप्रशासकहरुप्रति लक्षित गरेर बोलिरहेका थिए । त्यस्तालाई चिन्न पनि सबैमा उनले आग्रह गरे ।

मिडिया, टेलिभिजनहरुमा उनीहरुको नाम र अनुहार आउने गरेको बताउँदै त्यस्ताको बिगत कस्तो थियो भनेर फर्केर हेर्न र प्रश्न गर्न पनि अर्थमन्त्रीले सुझाब दिए । दुई वर्षमा सरकारले अधिकांश क्षेत्रमा औसतभन्दा माथि काम गरेको भन्दै त्यसलाई तथ्यले नै पुष्टी गर्ने उनले बताए । यो सरकारले अझै धेरै र महत्वपूर्ण काम गर्न बाँकी रहेकाले अहिलेको कामलाई सरकारले सिन्को भाँचेको रुपमा बुझ्न आग्रह गरे । आर्थिक वृद्धि, सुशासन, भ्रष्टाचार निवारण र समाजको रुपान्तरणमा थुप्रै नयाँ र उपलब्धीमूलक काम भएको भन्दै उनले त्यसलाई छाँयामा पार्ने योजना अनुसार कुप्रचार भएको बताए ।

अर्थमन्त्री खतिवडाले लक्ष्यलाई बिजगणीय सुत्रमा बुझ्न खोज्ने अर्थशास्त्री भएको दाबी गर्दै तिनको पनि हुर्मत लिए । यसमा उनले मूल्यबृद्धिको उदारहण दिए । ‘लक्ष्य मूल्यवृद्धिलाई ६ प्रतिशतमा सीमित राख्ने हुन्छ । तर ६.४ प्रतिशत भयो भने सरकारले सक्यो है भन्दै आलोचना गर्नेहरुको नियत के हो बुझिदैन र ?’ उनले भने, ‘हिजो ६ प्रतिशत लक्ष्य राखेर १६ प्रतिशत मूल्य वृद्धि हुँदा पनि समाज चुप लागेर बसेको थियो । अहिले दशमलवमा बहस भएको छ, यसैमा हल्ला गरेको देख्दा यिनीहरुको मनोग्रन्थी नै नकारात्मक छ भनेर बुझ्न सकिन्छ ।’

आर्थिक वृद्धि ८ प्रतिशत हुँदैन भनेर हुने गरेको बहसमा पनि अर्थमन्त्री आक्रोशित रहेछन् । यसमा पनि पूर्बप्रशासक र पूर्बअर्थमन्त्रीप्रति उनको गुनासो थियो । उहाँहरुले बृद्धिलाई ४ प्रतिशत नघाउनु सक्नु भएन । त्यही अनुभब छ, उहाँहरुसँग । अहिले त ६ प्रतिशत नाघिसक्यो । तर बिगतले उहाँहरुलाई झस्काइरहेको छ ।’ अर्थमन्त्रीले भने ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij