२०८३ भाद्र ३० मंगलबार

सरकारी जागिरे बन्ने सोच छ ? लोकसेवाले खुलायो ५ सय भन्दा बढी नायब सुब्बामा जागिर

ई आर्थिक    बुधबार, पौस २३ २०७६
12K
Shares
सरकारी जागिरे बन्ने सोच छ ? लोकसेवाले खुलायो ५ सय भन्दा बढी नायब सुब्बामा जागिर

ई–आर्थिक, काठमाडौँ । के तपाईले सरकारी जागिरे बन्ने सोच बनाउनु भएको छ ? यदी छ भने लोक सेवा आयोगले ५ सय भन्दा बढी पदका लागि नायब सुब्बामा जागिर खुलाएको छ ।

आज बुधबार सूचना जारी गर्दै लोक सेवा आयोगले राजपत्र अनङ्कित पहिलो श्रेणी अर्थात् नायब सुब्बा पदका लागि ५ सय ४८ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

आयोगले नायब सुब्बातर्फ प्राविधिक र अप्राविधिक गरि खुलाएको ५ सय ४८ पदमा दरखास्त दिन उमेर र योग्यता पुगेका योग्य व्यक्तिहरुले आगामी माघ १० गतेसम्म दरखास्त दिन सकिनेछ। दोब्बर दस्तुर तिरेर माघ २१ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

आयोगको वेवसाईड www.psc.gov.np मा गएर फर्म डाउनलोड गरी आयोगको धनकुटा, जलेश्वर, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र दिपायल कार्यालयबाट दरखास्त दिन सकिने आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij