ई–आर्थिक, काठमाडौं । प्रिमियर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा विश्वराम तिमिला नियुक्त भएका छन् । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले पुस २१ गते मंगलबारदेखि लागू हुने गरी चार वर्षका लागि सिईओमा नियुक्त गरेको हो ।

नव नियुक्त सिईओ विश्वराम तिमिलाले आफ्नो कार्यभार समेत सम्हालिसकेका छन् । मंगलबार विहान शपथ लिएर अपरान्हदेखि कार्यभार सम्हालेको कम्पनीले जानकारी दिएको छ । यसअघि नेको इन्स्योरेन्सको सिईओ रहेका तिमिला बीमा क्षेत्रका अनुभवी प्रशासक मानिन्छन् ।
दक्ष र अनुभवि बीमा प्रशासक तिमिलाको कार्यकालले प्रिमियर ईन्स्योरेन्सले थप प्रगति गर्ने विश्वास सञ्चालक समितिले लिएको छ ।