२०८३ साउन ९ शनिबार

सहकारीमैत्री बजेट निर्माण गर्न अर्थमन्त्रीलाई सहकारीकर्मीको सुझाव

ई आर्थिक    शुक्रबार, बैशाख २८ २०७५
5.3K
Shares
सहकारीमैत्री बजेट निर्माण गर्न अर्थमन्त्रीलाई सहकारीकर्मीको सुझाव

काठमाडौं : बजेट निर्माणका क्रममा सहकारीकर्मीको टोलीले अर्थमन्त्रीलाई सुझाव दिएको छ । आगामी आर्थिक बर्षको बजेटको पूर्व तयारी भइरहेको समयमा राष्ट्रिय सहकारी महासंघको नेतृत्वमा विषयगत केन्द्रीय सहकारी संघहरु र राष्ट्रिय सहकारी बैंकका प्रतिनिधि सहितको टोलीले शुक्रबार अअर्थमन्त्री डा युवराज खतिवडालाई भेटी सहकारीमैत्री बजेट निर्माण गर्न सुझाव दिएको छ ।

भेटमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सरकारको नीति तथा कार्यक्रम र आर्थिक बर्ष ०७५÷०७६ को बजेटमा सहकारी क्षेत्रलाई समेट्नुपर्ने विषयहरू बुँदागत रूपमा राखेका थिए । अर्थमन्त्रालयका आर्थिक सल्लाहकार डा रामशरण खरेल लगायत मन्त्रालयका उच्चपदस्त कर्मचारीहरूको समेत सहभागिता रहेको उक्त भेटघाटमा अर्थमन्त्री खतिवडाले सहकारीको क्षमता अभिबृिद्ध गर्ने विषयमा सरकार संवेदनशील भएको बताए ।

केही सहकारी संस्थाहरूले नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिई वित्तीय कारोबर गरिरहेकोमा सोलाई खारेज गरी स्वनियमन पद्वतीमा लैजाने र ठूला बित्तीय कारोबार गर्ने सहकारीहरूको नियमनका लागि नयाँ संरचनामार्फत अनुगमनलाई प्रभावकारी बनाउने तयारी गरेकोे समेत उनले बताए । महासंघका अध्यक्ष बडालले दिगो विकास लक्ष्य प्राप्ति र समृद्ध नेपाल र खुसी नेपालीको अभियानमा सहकार्य गर्नका लागि सहकारी क्षेत्र क्रियाशिल रहेको बताए।

उनले केही कानुनी र नीतिगत समस्याहरु समाधान गरी, सहकारीका प्रशिक्षण र तालिममा सहयोग गरिदिन समेत आग्रह गरे । बडालले आगामी बजेट सहकारीकर्मीको मनोबल उच्च बनाउने गरी आउने विश्वास व्यक्त गरे ।

सो अवसरमा राष्ट्रिय सहकारी संघका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेल, संघका उपाध्यक्ष तथा अन्तर्रा्ष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल, राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल, संघका संचालक तथा नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका अध्यक्ष सुरेन्द्र भण्डारी, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष तथा महासंघका संचालक रमेश प्रसाद पोखरेलको उपस्थिति थियो ।

त्यसैगरी नेपाल केन्द्रीय पशुपालन सहकारी संघका अध्यक्ष बाबुराम अधिकारी, राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक के.वी. उप्रेती, संचालक सरिता भट्टराई, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका वरिष्ठ उपाध्यक्ष परितोष पौडेल, केन्द्रीय दुग्ध सहकारी संघका कोषाध्यक्ष कृष्णप्रसाद सापकोटाको उपस्थिति थियो । सो प्रतिनिधि मण्डलमा राष्ट्रिय सहकारी महासंघका कामु महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा समेतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij