वर्षगाँठको अवसरमा २०७५ साल वैशाख १ गतेदेखि तीन दिनसम्म विशेष कार्यक्रम आयोजना गरेर भव्यताका साथ वर्षगाँठ मनाउने निर्णय भएको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताउनुभयो । ‘हाम्रो इलाम, हाम्रो गौरव’ भन्ने मूलनाराका साथ वर्षगाँठ मनाउन लागिएको हो ।
वर्षगाँठ समारोहको उद्घाटन राष्ट्रपतिबाट गराइने तयारी गरिएको समेत नगरप्रमुख बस्नेतले जानकारी दिनुभयो । सो अवसरमा २०० वर्ष पुगेको झल्को दिने प्रतीकसहितको स्तम्भ राख्ने, इलामका बारेमा जानकारी दिन विचार गोष्ठी, साहित्य सम्मेलन, सांस्कृतिक कार्यक्रम, इलामको विकासमा योगदान पु¥याउने विशिष्ठ व्यक्तिलाई सम्मान गर्ने कार्यक्रम तय भएको इलाम नगरपालिकाले जनाएको छ । बार्षिकोत्सव मनाउन नवराज शंकरको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन तथा संयोजन समितिसमेत गठन भइसकेको छ ।