२०८३ कार्तिक २६ बुधबार

भाइटीकामा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, उपत्यका र भक्तपुरमा तीन बस सञ्चालन

ई आर्थिक    बुधबार, कार्तिक २६ २०८३
285
Shares
भाइटीकामा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, उपत्यका र भक्तपुरमा तीन बस सञ्चालन

काठमाडौं । भाइटीकाको अवसरमा सार्वजनिक यातायातका साधन न्यून रूपमा सञ्चालन हुने भएपछि सर्वसाधारण यात्रुको सहज आवतजावतका लागि सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यका र भक्तपुरमा तीनवटा बस निःशुल्क सञ्चालन गरेको छ ।

सार्वजनिक यातायातको अभावमा नागरिकलाई आवतजावतमा समस्या नहोस् भन्ने उद्देश्यले निःशुल्क बस सेवा सञ्चालन गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार निःशुल्क बस सेवा बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुनेछ ।

सशस्त्र प्रहरी बलका अनुसार काठमाडौं उपत्यकामा सञ्चालन हुने दुईवटा बसमध्ये पहिलो बस प्रधान कार्यालयबाट प्रस्थान गरी बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै विभिन्न स्थानमा सेवा दिनेछ ।

त्यस्तै, दोस्रो बस प्रधान कार्यालयबाटै प्रस्थान गरी सीतापाइला, कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै यात्रुलाई निःशुल्क सेवा प्रदान गर्नेछ ।

यसैगरी, प्रधान कार्यालय स्वयम्भूबाट भक्तपुरसम्मका लागि अर्को बस सञ्चालन गरिएको छ । उक्त बस स्वयम्भू, कलंकी, बानेश्वर, कोटेश्वर, पेप्सिकोला, सानोठिमी, पुरानोठिमी, सल्लाघारी र लोकन्थली हुँदै पुनः बानेश्वर, कलंकी र स्वयम्भूसम्म फर्किनेछ ।

भाइटीकाको दिन सार्वजनिक यातायात कम चल्ने भएकाले सशस्त्र प्रहरीको यो सेवाबाट टीका लगाउन आफन्त तथा परिवारजनकोमा जाने सर्वसाधारण यात्रुलाई सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij