२०८३ साउन ९ शनिबार

सुबर्णपुर बहुउद्देश्यीय सहकारीको वार्षिक साधारणसभा सम्पन्न

ई आर्थिक    शुक्रबार, भाद्र ९ २०७४
8.6K
Shares
सुबर्णपुर बहुउद्देश्यीय सहकारीको वार्षिक साधारणसभा सम्पन्न

९ भदौ, काठमाडौँ । ललितपुरको चापागाउँ दोवाटोमा रहेको सुबर्णपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

जिल्ला बहुउद्देश्यीय सहकारी संघ लिमिटेड ललितपुरका अध्यक्ष शरदकुमार महर्जनको प्रमुख अतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा डिभिजन सहकारी कार्यालय ललितपुरका चिरिञ्जीवी पौडेल, ललितपुर जिल्ला बचत तथा ऋण संघका उपाध्यक्ष तथा स्वागतम् बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगतलाल महर्जन, संघकै सञ्चालक विभुषण शाक्य अतिथिको रुपमा उपस्थित हुनुभएको थियो ।

suwarna1

त्यस्तै जिल्ला सहकारी संघ ललितपुरका सञ्चालक शशिधर पोखरेल र इन्द्र घिमिरे, मिलिनियम, वण्डरफुल, समय, चिवहाल, ठेचो महिला, सारथी, सिनर्जी, धन्यवाद, गंगाजमुना लगायतका सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । त्यसैगरी सहकारी समाचारपत्र र दिगो दृष्टि पत्रिकाका प्रतिनिधिहरु समेतलाई अतिथिको रुपमा आमन्त्रण गरिएको थियो ।

प्रमुख अतिथि तथा अतिथिहरुले संस्थाको प्रगति बृद्धिको प्रशंसा गर्नुभएको थियो । संस्थाले विगत बर्षका तुलनामा सेयर सदस्य, सेयर पूँजी, बचत संकलन लगायतका तथ्यांकहरुमा उल्लेख्य बृद्धि गरेको थियो ।

suwarna2

संस्थाका अध्यक्ष अध्यक्ष दिपेन्द्रमान डंगोलको अध्यक्षतामा सम्पन्न सो साधारणसभामा संस्थाको सेवा सुविधा, आयव्यय सहितको वासलात प्रस्तुत गरिएको थियो । सो अवसरमा संस्थाको सेयरपूँजी ४६ लाख ६ हजार पाँचसय पुगेको, ७८ लाख ७४ हजार ६०४ रुपैयाँ बचत संकलन भएको जानकारी दिइएको थियो । त्यसैगरी संस्थाले १ करोड १० लाख ६ हजार ४४४ रुपैयाँ कर्जा लगानी गरेको र साढे ४ लाख रुपैयाँ नाफामा रहेको पनि सो सभामा जानकारी दिइएको थियो ।

स्थानीय स्तरका विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय सहभागिता जनाउँदै आएको संस्थाले बाढि पहिरो पिडितलाई ५,५५५ रुपैयाँ सहयोग गर्ने घोषणा पनि कार्यक्रममा गरिएको थियो । कार्यक्रममा उत्कृष्ट कर्मचारी, उत्कृष्ट बचतकर्तालाई सम्मान गर्नुका साथै अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij