काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ २८ पैसा र बिक्रीदर १५३ रुपियाँ ८८ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७३ रुपियाँ ७६ पैसा र बिक्रीदर १७४ रुपियाँ ४४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपियाँ ७१ पैसा र बिक्रीदर २०३ रुपियाँ ५० पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रुपियाँ ६५ पैसा र बिक्रीदर १८४ रुपियाँ ३६ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ०४ पैसा र बिक्रीदर १०७ रुपियाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपियाँ ९४ पैसा र बिक्रीदर १०८ रुपियाँ ३७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपियाँ ८२ पैसा र बिक्रीदर १२० रुपियाँ २९ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ७२ पैसा र बिक्रीदर नौ रुपियाँ ७६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ८६ पैसा र बिक्रीदर २२ रुपियाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ८२ पैसा र बिक्रीदर ४० रुपियाँ ९८ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपियाँ ०५ पैसा र बिक्रीदर ४२ रुपियाँ २२ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ५६ पैसा र बिक्रीदर चार रुपियाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ७३ पैसा र बिक्रीदर ४१ रुपियाँ ९० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ५६ पैसा र बिक्रीदर ३७ रुपियाँ ७१ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपियाँ २९ पैसा र बिक्रीदर ११ रुपियाँ ३४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ३२ पैसा र बिक्रीदर १५ रुपियाँ ३८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ २४ पैसा र बिक्रीदर २३ रुपियाँ ३४ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ५४ पैसा र बिक्रीदर १९ रुपियाँ ६१ पैसा, कुवेती दिनार एकको खरिददर ४९८ रुपियाँ १५ पैसा र बिक्रीदर ५०० रुपियाँ १० पैसा, बहराइन दिनार एकको खरिददर ४०६ रुपियाँ ५८ पैसा बिक्रीदर ४०८ रुपियाँ १७ पैसा, ओमनी रियाल एकको खरिददर ३९८ रुपियाँ १२ पैसा र बिक्रीदर ३९९ रुपियाँ ६८ पैसा रहेको छ ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।