२०८३ असोज १४ बुधबार

शौर्य सिमेन्टको शैक्षिक सहयोगबाट सिरहाका ४०० भन्दा बढी विद्यार्थी लाभान्वित

ई आर्थिक    सोमबार, असोज १२ २०८३
798
Shares
शौर्य सिमेन्टको शैक्षिक सहयोगबाट सिरहाका ४०० भन्दा बढी विद्यार्थी लाभान्वित

सिरहा । शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सिरहाको कर्जन्हा र मिर्चैया नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत ४०० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।

स्थानीय समुदायको शैक्षिक विकासमा सहयोग पुर्‍याउने तथा विद्यार्थीहरूको अध्ययनलाई सहज बनाउने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमबाट श्री आधारभूत विद्यालय, प्रयागपुरस श्री जनता आधारभूत विद्यालय, मरेवास श्री शारदा माध्यमिक विद्यालय, रामपुर बिरतास श्री जनजागृति आधारभूत विद्यालय, मनथै कुट्टीस

श्री जनता आधारभूत विद्यालय, महादेवास श्री जनता आधारभूत विद्यालय, मतेर्वास श्री जनता आधारभूत विद्यालय, छघरेस जन चेतना आधारभूत विद्यालय, मलहनिया खोरीस र श्री बाबुजी राय जुनाई ठाकुर माध्यमिक विद्यालयका विद्यार्थीहरू लाभान्वित भएका छन्।

कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री वितरण गर्नुका साथै विद्यालयहरूको आवश्यकतालाई ध्यानमा राख्दै सम्बन्धित विद्यालयहरूलाई पानी फिल्टर तथा पानी राख्ने जगसमेत उपलब्ध गराइएको थियो।

शैक्षिक सामग्री वितरणका क्रममा शौर्य सिमेन्टका प्रतिनिधिहरूले सम्बन्धित नगरपालिकाका नगर प्रमुख, वडा अध्यक्ष, विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापनका प्रतिनिधि तथा विद्यार्थीसँग अन्तरक्रिया गरेका थिए। सो क्रममा उनीहरूले स्थानीय शैक्षिक आवश्यकता तथा विद्यालयका प्राथमिकताबारे जानकारीसमेत लिएका थिए।

शिक्षालाई समुदायको दीर्घकालीन विकासको महत्वपूर्ण आधारका रूपमा लिँदै शौर्य सिमेन्टले आफ्नो कार्यक्षेत्र तथा आसपासका समुदायको शैक्षिक र सामाजिक विकासमा सहयोग गर्दै आएको छ। यस्ता कार्यक्रममार्फत कम्पनीले स्थानीय समुदायसँगको सम्बन्धलाई थप सुदृढ बनाउँदै सामाजिक विकासमा अर्थपूर्ण योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

शौर्य सिमेन्टको यो पहल सामुदायिक सहभागिता तथा सामाजिक उत्तरदायित्व ९ऋक्च्० अन्तर्गत सञ्चालन गरिएको हो। कम्पनीले आगामी दिनमा पनि स्थानीय समुदायका आवश्यकता र प्राथमिकतालाई ध्यानमा राख्दै शिक्षा तथा अन्य सामाजिक क्षेत्रमा सहयोगलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij