काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन भइरहेको १८ औँ संस्करणको ‘नाडा अटो शो २०२६’ मा महालक्ष्मी विकास बैंकले सहभागिता जनाएको छ।
गाडी खरिद गर्दा आवश्यक पर्ने कर्जा सम्बन्धमा परामर्श दिने, सहजीकरण तथा समन्वय गर्ने कार्य बैंकले गर्नेछ । हाल विकास बैंकहरुमा सबै भन्दा प्रतिस्पर्धी ब्याजदरमा सवारी कर्जा प्रदान गरिरहेको यस बैंकले आकर्षक ब्याजदरमा सवारी कर्जा प्रदान गर्नेछ । यस अवसरमा बैंकले प्रशासनिक शुल्कमा समेत विशेष छुट प्रदान गर्नेछ । भाद्र महिनाको लागि हाल बैंकको आधार दर ५.६४ प्रतिशत रहेको छ जसको प्रत्यक्ष लाभ सवारी कर्जा लिने ग्राहकहरुले लिन सक्नेछन् ।
महालक्ष्मी विकास बैंक मार्फत सवारी कर्जा लिन चाहाने ग्राहकहरुले स्टल न. N हल न. ०४ मा गई सम्पर्क गर्न सक्नेछन् । बैंकले विद्युतीय तथा अन्य निजी तथा व्यापारीक सवारी साधन खरिद गर्न चाहाने ग्राहकहरुको लागि सहज, सरल र प्रतिस्पर्धी वित्तीय सेवा प्रदान गर्नेछ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा प्रत्येक वर्ष आयोजना हुँदै आएको अटो शोमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंकले प्रत्येक वर्ष सहभागिता जनाउँदै आएको छ ।
गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकले हालै मात्र काठमाण्डौं, ज्ञानेश्वरमा कफि लाउञ्ज सहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ ।