२०८३ साउन ८ शुक्रबार

बौद्धमा २७ वर्षीया महिलाद्वारा आत्मदाह प्रयास, ५० प्रतिशत शरीर जलेको अवस्थामा उपचार हुँदै

ई आर्थिक    मंगलबार, साउन ५ २०८३
380
Shares
बौद्धमा २७ वर्षीया महिलाद्वारा आत्मदाह प्रयास, ५० प्रतिशत शरीर जलेको अवस्थामा उपचार हुँदै

सांकेतिक तस्विर 

काठमाडौं : काठमाडौंको बौद्ध क्षेत्रमा खाजाघर सञ्चालन गर्दै आएकी एक महिलाले सोमबार आत्मदाहको प्रयास गरेकी छन्। घटनामा उनको शरीरको करिब ५० प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काभ्रेको तिमाल स्थायी घर भई हाल बौद्ध बस्दै आएकी २७ वर्षीया सालु गुरुङले सोमबार बेलुकी करिब ३:४५ बजे बौद्ध गेटअगाडि आफैँलाई आगो लगाएकी हुन्।

घटनापछि स्थानीय र प्रहरीले तत्काल उद्धार गरी गोकर्णेश्वर–६ स्थित सुष्मा कोइराला मेमोरियल अस्पताल पुर्‍याएका थिए। त्यहाँ प्रारम्भिक उपचारपछि स्वास्थ्य अवस्था गम्भीर देखिएकाले उनलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा रेफर गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

गुरुङ विवाहित हुन् र बौद्ध क्षेत्रमा खाजाघर सञ्चालन गर्दै आएकी छन्। उनले आत्मदाहको प्रयास गर्नुको कारण हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij