२०८३ साउन ९ शनिबार

सिंहदरबार गेटमा अनेरास्ववियुको प्रदर्शन, अनेरास्ववियु अध्यक्ष धामीसहित सात जना पक्राउ

ई आर्थिक    बुधबार, असार ३१ २०८३
418
Shares
सिंहदरबार गेटमा अनेरास्ववियुको प्रदर्शन, अनेरास्ववियु अध्यक्ष धामीसहित सात जना पक्राउ

काठमाडौँ। सिंहदरबारस्थित निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेको आरोपमा प्रहरीले नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीसहित सात जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीले बुधबार सिंहदरबारको मुख्य प्रवेशद्वार अगाडिबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष धामी, निर्वाचन आयोग अध्यक्ष जितप्रसाद सिटौला, सचिवालय सदस्य विशाल खड्का, उपत्यका विशेष बागमती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु उपरकोटी, कानुन राष्ट्रिय कमिटी सचिव सुदीप थापा र सीटीईभीटी सदस्य सिरिस बुढाथोकी रहेका छन्।

प्रहरीका अनुसार निषेधित क्षेत्र प्रवेश गरी प्रदर्शन तथा नाराबाजी गर्न खोजेपछि सुरक्षाको दृष्टिले उनीहरूलाई नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij