२०८३ असोज २ शुक्रबार

नागढुंगा–मुग्लिङ सडकखण्ड अनुगमनमा मन्त्री लम्साल, इन्धन अभावले निर्माण प्रभावित

ई आर्थिक    शुक्रबार, जेष्ठ १ २०८३
1.7K
Shares
नागढुंगा–मुग्लिङ सडकखण्ड अनुगमनमा मन्त्री लम्साल, इन्धन अभावले निर्माण प्रभावित

काठमाडौं । पूर्वाधार मन्त्री  सुनिल लम्सालले नागढुंगा–मुग्लिङ सडकखण्डको स्थलगत अनुगमन गरेका छन्। निर्माण कार्यमा देखिएका अवरोध र ढिलाइबारे वस्तुस्थितिको जानकारी लिन मन्त्री लम्साल उक्त सडकखण्डको निरीक्षणमा पुगेका हुन्।

मन्त्रीको सचिवालयका अनुसार पछिल्लो समय पश्चिम एसियामा बढ्दो द्वन्द्वका कारण बिटुमिन तथा पेट्रोलियम पदार्थको आयात प्रभावित हुँदा सडक निर्माण कार्यमा प्रत्यक्ष असर परेको छ। इन्धन र बिटुमिनको अभावले नागढुंगा–मुग्लिङ सडकखण्ड मात्र नभई देशभर सञ्चालनमा रहेका विभिन्न सडक आयोजनाको काम सुस्त वा केही स्थानमा ठप्प हुने अवस्था सिर्जना भएको बताइएको छ।

अनुगमनका क्रममा निर्माण कार्यमा अन्तर्राष्ट्रिय परिस्थितिसँगै स्थानीयस्तरका समस्या पनि मुख्य चुनौतीका रूपमा देखिएको उल्लेख गरिएको छ। विशेषगरी ढुंगा, गिटी र बालुवाको सहज आपूर्ति नहुनु तथा स्थानीय अवरोधका कारण निर्माण कार्य प्रभावित भएको जनाइएको छ।

निर्माण व्यवसायीहरूले यी समस्याबारे पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै आए पनि राज्य पक्षबाट पर्याप्त चासो नदिइएको गुनासो गर्दै आएका छन्। मन्त्री लम्सालले अनुगमनका क्रममा निर्माण कार्यलाई तीव्रता दिन आवश्यक समन्वय र सहजीकरण गरिने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij