२०८३ भाद्र ३० मंगलबार

नबिल बैंक केन्द्रीय कार्यालयमा ‘नर्सिङ रुम’ सञ्चालनमा

ई आर्थिक    आइतबार, बैशाख २० २०८३
2.1K
Shares
नबिल बैंक केन्द्रीय कार्यालयमा ‘नर्सिङ रुम’ सञ्चालनमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले आफ्नो केन्द्रीय कार्यालयमा स्तनपानका लागि छुट्टै ‘नर्सिङ रुम’ स्थापना गरेको छ।

तीनधारास्थित कार्यालयमा सुरु गरिएको उक्त कक्ष कर्मचारी आमाहरूलाई कार्यालय समयमै सहज वातावरणमा शिशु हेरचाह र स्तनपान गराउन सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको हो।

बिहीबार आयोजित कार्यक्रममा बैंकका अध्यक्ष निर्वाण चौधरी र प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीको उपस्थितिमा सञ्चालक समितिका सदस्य सरिता भट्ट अधिकारीले रिबन काटेर कक्षको उद्घाटन गरेकी थिइन्।

कार्यक्रममा सञ्चालक समिति सदस्यहरू अन्नत पौड्याल, प्रविन टिबडेवाला र अनिल केशरी शाहका साथै नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईं र भुपेन्द्र पाण्डे लगायत उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो।

बैंकका अनुसार उक्त नर्सिङ रुम कर्मचारी आमाहरूलाई मर्यादित, सुरक्षित र सहज वातावरणमा स्तनपान गराउने सुविधा उपलब्ध गराउने लक्ष्यका साथ स्थापना गरिएको हो। उद्घाटनका क्रममा बोल्दै अधिकारीले यस पहलले कर्मचारीप्रतिको संस्थागत जिम्मेवारी पूरा गर्न सहयोग पुग्ने बताइन्।

त्यसैगरी, अध्यक्ष चौधरीले नर्सिङ रुमको स्थापना संस्थाको लैङ्गिक समानता र कर्मचारी हितसम्बन्धी प्रतिबद्धतासँग जोडिएको उल्लेख गर्दै भविष्यमा अन्य शाखाहरूमा पनि विस्तार गर्ने योजना रहेको बताए। प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले यस्ता प्रयासले कर्मचारीमैत्री कार्य वातावरण सुदृढ बनाउन मद्दत पुग्ने धारणा व्यक्त गरे।

नबिल बैंकले हाल देशभर २६८ शाखा र ३१८ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ र २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij