काठमाडौं। वर्ल्ड रिसाइक्लिङ डेको अवसरमा खालिसिसीले कोका–कोलाबेभरेजेज नेपालसँगको सहकार्यमा फोहोर सङ्कलक महिलाका बालबालिकाका लागि सुरक्षित स्थान ‘सम्मान घर’ को उद्घाटन गरेको छ।
यो सुविधा खालिसिसीको ‘ध्इध् सेन्टर’ भित्र स्थापना गरिएको हो। यो रिसाइक्लिङ तथा सामुदायिक नवप्रवर्तन केन्द्र हो, जसलाई कोका–कोलाबेभरेजेज नेपालले सहयोग गर्दै आएको छ। यस केन्द्रले रिसाइक्लिङ प्रणाली सुदृढ बनाउनुका साथै त्यसमा योगदान गर्ने व्यक्तिहरूको जीवनस्तर उकास्ने काममा केन्द्रित छ।
‘सम्मान घर’ नेपालका रिसाइक्लिङ प्रणालीमा फोहोर सङ्कलक महिलाले निर्वाह गर्दै आएको महत्वपूर्ण तर प्रायः अदृश्य भूमिकालाई सम्मान गर्न स्थापना गरिएको हो। यी महिलाहरूले मूल्यवान सामग्री सङ्कलन गरी सहर सफा राख्न योगदान दिँदै पनि उनीहरूले दैनिक रूपमा काम र बालबालिकाको हेरचाह सन्तुलन गर्न चुनौती भोगिरहेका हुन्छन्।
नयाँ उद्घाटन गरिएको यस स्थानले बालबालिकालाई सुरक्षित र स्याहारपूर्ण वातावरण प्रदान गर्दछ, जहाँ उनीहरूले खेल्न, सिक्न र समय बिताउन सक्छन्। यसले आमाहरूलाई काम गर्दा मानसिक शान्ति र सम्मानको अनुभूति दिलाउने लक्ष्य राखेको छ।
उद्घाटन कार्यक्रममा खालिसिसीका प्रमुख कार्यकारी अधिकृत अमुनथापाले भने, “फोहोर सङ्कलकहरू नेपालका रिसाइक्लिङ प्रणालीका मेरुदण्ड हुन्, तर उनीहरूको योगदान प्रायः ओझेलमा पर्छ। ‘सम्मान घर’ उनीहरूको भूमिकालाई मान्यतादिने सानो तर अर्थपूर्ण प्रयास हो। साथै, उनीहरूको बालबालिकालाई सुरक्षित रूपले सिक्ने र हुर्किने स्थान उपलब्ध गराउने हाम्रो लक्ष्य हो। खालिसिसीमा हामी विश्वास गर्छौं कि चक्रिय अर्थतन्त्र निर्माण गर्नु भनेको त्यसलाई चलायमान बनाउने मानिसहरूको सम्मान र सहयोग सुनिश्चित गर्नु पनि हो।”
देशभरका साझेदारहरूसँग मिलेर रिसाइक्लिङ प्रणाली सुदृढ बनाउन काम गर्दै आएको कोका–कोलाबेभरेजेज नेपालले ध्इध् सेन्टरको विकासमा सहयोग पुर्याएको छ र वातावरणीय सुधार तथा समुदायको समग्र हितका लागि विभिन्न पहलहरूमा सहकार्य गरिरहेको छ।
कोका–कोलाबेभरेजेज नेपालकी सस्टेनेबिलिटी एण्ड कम्युनिकेशन म्यानेजर स्नेहाश्रेष्ठले भनिन्, “हाम्रो विश्वास छ कि प्रभावकारी रिसाइक्लिङ प्रणाली केवल पूर्वाधारमा मात्र होइन, त्यसलाई सम्भव बनाउने मानिसहरूको कल्याणमा पनि आधारित हुन्छ। ‘सम्मान घर’ ले साझा र राम्रो भविष्य निर्माण गर्ने हाम्रो प्रतिबद्धता झल्काउँछ। यसले वातावरणीय प्रगति अघि बढाउनुका साथै समुदायलाई सशक्त बनाउने काम गर्छ। खालिसिसीसँगको सहकार्य मार्फत फोहोर सङ्कलक महिलाको अमूल्य योगदानलाई सम्मान गर्दै उनीहरूको परिवारका लागि सुरक्षित र स्याहारपूर्ण वातावरण सिर्जना गर्न पाउँदा हामी गौरवान्वित छौं। समावेशी र दिगो समुदाय निर्माणमा हामी निरन्तर प्रतिबद्ध रहनेछौं।”
आगामी दिनमा खालिसिसीले ‘सम्मान घर’ को अवधारणालाई विस्तार गरी फोहोर सङ्कलक परिवारहरूलाई थप सहयोग पुर्याउने योजना बनाएको छ। यस अन्तर्गत स्वास्थ्य सहयोग, बालबालिकाका लागि शैक्षिक अवसर, तथा समुदाय केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्ने सम्भावनाबारे अध्ययन भैरहेको छ।
यस उद्घाटनले सामाजिक उद्यम र निजी क्षेत्रबीचको सहकार्यले वातावरणीय मात्र होइन, सामाजिक रूपमा पनि समावेशी रिसाइक्लिङ प्रणाली निर्माण गर्न सकिने सन्देश दिएको छ।