ई–आर्थिक, काठमाडौं । उदयपुर निर्वाचन क्षेत्रको पछिल्लो मत परिणाम प्राप्त भएको छ । प्राप्त मत परिणाम अनुसार क्षेत्र नं. १ मा रास्वपाका पारश मणि गेलालले अग्रता लिइरहेका छन् भने क्षेत्र नं. २ मा एमालेका अम्बर रायमाझीले अग्रता लिएका छन् ।
रास्वपाका गेलालले ८०४३ मत र एमालेका रायमाझीले ३०७७ मत लिएर अग्रता लिएका हुन् ।
गेलाललाई श्रम संस्कृति पार्टीले पछ्याइरहेका छन् भने रायमाझीलाई रास्वपाले पछ्याइरहेका छन् । गेलाललाई पछ्याउने श्रम संस्कृति पार्टीका राजेश कुमार राईले ४७४० मत प्राप्त गरेका छन् भने रायमाझीलाई पछ्याउने रास्वपा उम्मेद्वार सुर्यबहादुर तामाङले २७९६ मत ल्याएका छन् ।

यसरी हेर्दा क्षेत्र नं. १ मा मतान्तर केही बढी भएपनि क्षेत्र नं. २ मा मतान्तर अलिक कम रहेको छ ।
अन्य उम्मेद्वारमा क्षेत्र नं. १ मा एमालेका दुर्गाकुमार थापाले ३१५१, नेपाली काँग्रेसका विदुर बस्नेतको ३०२५ र नेपाली कम्युनिष्ट पार्टीका बलदेब चौधरीको २१३२ रहेको छ । पछिल्लो मत परिणाम अनुसार राम्रै प्रभाव भनिएको नेपाली काँग्रेस पाँचौ स्थानमा रहेर चित्त बुझाउनु परेको छ । १८ जना उम्मेद्वार रहेको यो क्षेत्रमा अन्य दलका उम्मेद्वारको मत भने नगण्य रहेको छ ।

क्षेत्र नं. २ मा यसअघि सुरुवाती अग्रता लिएका राष्ट्रिय श्रम संस्कृति पार्टीका उम्मेदवार बलराज राई चौथो स्थानमा धकेलिएका छन् । उनको हालको मत २००७ रहेको छ । त्यस्तै तेस्रो स्थानमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार सुरेश कुमार राईको २२३२ रहेको छ । नेपाली काँग्रेसका रामकुमार राईले भने १६०७ मत रहेको छ । १३ जना उम्मेद्वार रहेको यो क्षेत्रमा अन्य उम्मेद्वारको मत भने नगण्य रहेको छ ।
पछिल्लो निर्वाचनमा क्षेत्र नं. १ बाट नेपाली काँग्रेसका डा. नारायण खड्काले जित हासिल गरेका थिए भने क्षेत्र नं. २ मा हाल अग्रता कायम गरेका एमालेका अम्वर बहादुर रायमाझीले जित हासिल गरेका थिए ।