२०८३ भाद्र २९ सोमबार

कांग्रेसका पोखरेललाई पछि पार्दै प्युठानमा रास्वपाका सुशान्तको अग्रता, तेस्रो स्थानमा एमालेका सुर्य थापा

ई आर्थिक    शनिबार, फाल्गुन २३ २०८२
2.9K
Shares
कांग्रेसका पोखरेललाई पछि पार्दै प्युठानमा रास्वपाका सुशान्तको अग्रता, तेस्रो स्थानमा एमालेका सुर्य थापा

प्युठान : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्युठानमा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशान्त बैदिकले अग्रता लिएका छन्।

हालसम्म ३४ हजार १२९ मत गणना हुँदा बैदिकले ९ हजार ९३३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस का उम्मेदवार डा. गोविन्द पोखरेल ले ९ हजार ३४० मत प्राप्त गरेका छन्।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सूर्य थापा ले ८ हजार ४८९ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन्।

प्युठानमा मतगणना जारी रहेको छ भने बाँकी मत गणना भएपछि अन्तिम परिणाम सार्वजनिक गरिने निर्वाचन अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij