२०८३ भाद्र ३० मंगलबार

काठमाडौं–३ मा मतदान गरेपछि कुलमान घिसिङको प्रतिक्रिया: “जनताको विश्वासले हामी जित्छौँ”

ई आर्थिक    बिहिबार, फाल्गुन २१ २०८२
2.4K
Shares
काठमाडौं–३ मा मतदान गरेपछि कुलमान घिसिङको प्रतिक्रिया: “जनताको विश्वासले हामी जित्छौँ”

काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङले जनताको विश्वासका आधारमा आफ्नो पार्टीले निर्वाचनमा जित हासिल गर्ने विश्वास व्यक्त गरेका छन्।

आज बिहान मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, “जनताले विश्वास गरेर हामीले जित्छौं।”

उनले हालसम्म निर्वाचनको अवस्था समग्रमा शान्तिपूर्ण रहेको बताए। यद्यपि केही स्थानमा पैसा बाँडिएको भन्ने कुरा सुनिएको उल्लेख गर्दै उनले आफ्नै क्षेत्रमा पनि यस्तो चर्चा आएको बताए।

घिसिङले आज बिहान ७ बजेबौद्ध, महाँकालस्थित जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट आफ्नो मत खसालेका हुन्।

पहिलो पटक आफ्नै नेतृत्वमा पार्टी स्थापना गरेर निर्वाचनमा उम्मेदवार बनेका घिसिङ काठमाडौं-३ बाट प्रत्यक्षतर्फ उम्मेदवार रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij