२०८३ भाद्र २९ सोमबार

सेनाले माग्यो ३९ प्राविधिक अधिकृत, भदौ १२ गतेसम्म आवेदन दिन सकिने

ई आर्थिक    आइतबार, साउन १५ २०७४
5.1K
Shares
सेनाले माग्यो ३९ प्राविधिक अधिकृत, भदौ १२ गतेसम्म आवेदन दिन सकिने

१५ साउन, काठमाडौँ । नेपाली सेनाले प्राविधिकतर्फ ३९ अधिकृत पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

सेनाले खुला तथा समावेशी रुपमा पदपूर्तिको सूचना प्रकाशन गरेको हो।

पदपूर्तिका लागि गरिएका विज्ञापनमा पाइलट, हवाई इन्जिनियर, एमबिबिएस डाक्टर, प्राड अधिकृत, लेखा, रेडियो तथा प्रकाशन, स्टिल फोटोग्राफी, छापाखाना तथा प्रकाशन र सम्पादनमा जनशक्ति पदपूर्तिका लागि आह्वान गरेको हो।

सवैभन्दा बढी लेखा अधिकृत माग गरेको छ। लेखामा महिला २, आदिवासी जनजाति २, दलितमा १, सहित १५ जनाका लागि विज्ञापन गरेको हो।

दरखास्त आवेदन दिन चाहने उम्मेदवारको भदौ १२ गतेसम्म १८ वर्ष पूरा भई २९ वर्ष ननाघेको हुनुपर्नेछ। महिलाको हकमा ३० वर्ष उमेरहद तोकिएको छ।

nepalarmy

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij