२०८३ भाद्र २९ सोमबार

सामसङ ग्यालेक्सी वाच८ सिरिज नेपालमा सार्वजनिक, यस्तो छ मूल्य

ई आर्थिक    बिहिबार, साउन १५ २०८२
4.5K
Shares
सामसङ ग्यालेक्सी वाच८ सिरिज नेपालमा सार्वजनिक, यस्तो छ मूल्य

ई-आर्थिक, काठमाडौं । सामसङले नेपालमा आफ्नो नयाँ पुस्ताको स्मार्टवाच ‘ग्यालेक्सी वाच८ सिरिज’ सार्वजनिक गरेको छ। स्मार्ट टेक्नोलोजी, स्वास्थ्य ट्र्याकिङ र आरामदायी डिजाइनको उत्कृष्ट संयोजनका रूपमा प्रस्तुत गरिएको वाच८ सिरिजले नेपाली प्रयोगकर्तालाई स्मार्ट वेरेबलको नयाँ अनुभव दिने विश्वास गरिएको छ।

यो सिरिज विशेष गरी ‘अल्ट्रा कम्फर्ट’ अनुभव र व्यक्तिगत स्वास्थ्य निगरानी सुविधामा केन्द्रित छ। वाच८ मा अब झनै पातलो र हलुका डिजाइन, ब्राइट स्क्रिन, तथा थप सटीक बायोएक्टिभ सेनसर जडान गरिएको छ। यसले सुत्ने समयका लागि वैज्ञानिक सल्लाह दिने, रनिङ कोचको माध्यमबाट फिटनेस गाइड गर्ने र करोडेनोइड लेभल परीक्षण जस्ता अत्याधुनिक हेल्थ ट्र्याकिङ फिचरहरू उपलब्ध गराउँछ।

यस वाचमा समावेश जेमिनी एआईको सहयोगले भ्वाइस कमाण्डमार्फत म्यासेज पठाउने, व्यायाम सुरु गर्ने वा एप अपडेट जस्ता कार्य सहजै गर्न सकिन्छ। यसले बिना हात चलाइ सबै काम गर्ने सुविधा प्रदान गर्छ। सामसङ हेल्थ एपसँगको एकिकृत सेवा थप प्रभावकारी बनाइएको छ।

वाच८ क्लासिक र वाच८ गरी दुई मोडेलमा सार्वजनिक गरिएको यस सिरिजमा डिजाइन, स्टाइल र प्रयोगमा समान रूपमा ध्यान दिइएको छ। क्लासिक मोडेल ४६ एमएम साइजमा सेतो रंगमा उपलब्ध छ जसको मूल्य रु ७४ हजार ९९९ छ। वाच८ मोडेल ४० एमएम ग्रेफाइट रंगमा रु ५४ हजार ९९९ र ४४ एमएम साइजमा ग्रेफाइट तथा सिल्भर रंगमा रु ५९ हजार ९९९ मा उपलब्ध छ।

सामसङको नयाँ वाच सिरिज अफिसदेखि जिमसम्म, क्याजुअलदेखि प्रोफेसनल पहिरनसम्म, सबै लुक्ससँग मेल खाने गरी डिजाइन गरिएको छ। स्टाइलिस र प्रयोगमैत्री बनावटसहित यसले प्रयोगकर्ताको जीवनशैलीसँग समायोजन गर्ने विशेषता राख्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij