ई-आर्थिक, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालो लाग्दै गएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँ तोकिएको छ, जुन अघिल्लो दिनको मूल्य भन्दा ८ सय रुपैयाँले कम हो।
यसअघि बुधबार पनि सुन प्रतितोला १ हजार ४ सय रुपैयाँले सस्तो भएको थियो। यसअनुसार दुई दिनमा सुनको मूल्य कुल २ हजार २ सय रुपैयाँले घटेको हो।
यता, चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। बुधबार प्रतितोला २ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ४० रुपैयाँले घटेर २ हजार २ सय ७० रुपैयाँमा झरेको छ।
विशेषज्ञहरूका अनुसार, अन्तर्राष्ट्रिय बजार मूल्यमा आएको उतारचढाव र डलरको विनिमय दरको असरले नेपाली बजारमा पनि सुनचाँदीको मूल्य प्रभावित भएको हो।