२०८३ भाद्र २९ सोमबार

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

ई आर्थिक    आइतबार, साउन ११ २०८२
6.5K
Shares
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

ई-आर्थिक, काठमाडौं । कारोबारको पहिलो दिन बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज बजारमा सुन प्रतितोला ११ सय रुपैयाँले घटेको हो ।

आज प्रतितोला एक लाख ९३ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत शुक्रबारको बजारमा सुन प्रतितोला एक लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

बजारमा  तीन दिनदेखि सुनको मूल्य निरन्तर घट्दाे क्रममा  छ ।

साथै, चाँदी पनि आज प्रतितोला ५० रूपैयाँले सस्तो भएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला दुई हजार २ सय ९० रूपैयाँ तोकिएको छ। गत शुक्रबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij