ई–आर्थिक, काठमाडौं । एक हप्ताका लागि ब्रोइलर तथा कलर ब्रोइलर (कोइलर) चल्लाहरूको उत्पादन पूर्ण रूपमा बन्द गरी बिक्रीवितरण नगर्न/नगराउन नेपाल ह्याचरी उद्योग संघले सूचीत गरेको छ।
ह्याचरी व्यवसायीहरूको विशेष भेलाको सर्वसम्मत निर्णय अनुसार बन्द गर्न सूचीत गरेको संघले जनाएको जानकारी दिएको हो । व्यवसायीहरुको विशेष भेलाको निर्णयअनुसार भोलि (सोमबार)देखि अर्को साता आइतबारसम्म चल्ला उत्पादन बन्द हुनेछ ।
संघको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको नेपाल ह्याचरी उद्योग संघका महासचिव ज्ञानबहादुर विसुरालले बताए । पोल्ट्री व्यवसायमा विगत केही महिनादेखिको विषम परिस्थितिलाई सुधार गर्नका लागि यस्तो निर्णय भएको उनले जनाए ।