ई-आर्थिक, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरी बढ्न थालेको छ । हिजो २४ सयले बृद्धी भएको सुनको मूल्य आज प्रतितोला १२ सयले बृद्धी भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दियो ।
बजारमा आज सुन प्रतितोला एक लाख ९१ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९० हजार ५०० रूपैयाँमा कारोबार भएको थियो।
साथै आजको बजारमा चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला दुई हजार १४५ रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला दुई हजार १५५ रूपैयाँमा कारोबार भएको थियो ।