ई-आर्थिक, काठमाडौं । नेपलाी बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव कायम रहेको छ । हिजो स्थिर रहेको सुनको मूल्यमा आज भारी मात्रामा गिरावट आएको हो ।
आज सुन प्रतितोला १७ सयले घटेको नेपाल सुनचाँदी व्यवसयाी महासंघले जानकारी दियो । बजारमा सुन प्रतितोला एक लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले बतायो छ ।
सोमबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्यपनि तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला दुई हजार १६० रुपैयाँमा कारोबार भईरहेको छ ।
सोमबारको बजारमा चाँदी प्रतितोला दुई हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।