२०८३ साउन १२ मंगलबार

महालक्ष्मी विकास बैंकको दरबारमार्ग शाखामा डिजिटल भुक्तानी केन्द्र सञ्चालनमा

ई आर्थिक    शुक्रबार, मंसिर २८ २०८१
2.5K
Shares
महालक्ष्मी विकास बैंकको दरबारमार्ग शाखामा डिजिटल भुक्तानी केन्द्र सञ्चालनमा

ई-आर्थिक, काठमाडौं ।  महालक्ष्मी विकास बैंकले आज आयोजित एक कार्यक्रमका बीच शाखा कार्यालय दरबारमार्गमा डिजिटल भुक्तानी केन्द्र संचालनमा ल्याएको छ। ग्राहकहलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवा प्रवाह गर्ने बैंकको निति बमोजिम डिजिटल भुक्तानी केन्द मार्फत विभिन्न अनलाइन भुक्तानी सम्बन्धी सेवाहरु प्रवाह गरिने बैंकले जनाएको छ।

यस अन्तर्गत सुरक्षित र आधिकारिक इलेक्ट्रोनिक भुक्तानी प्लेटफर्महरुको प्रयोग गरी बैंकले सहज, सरल र झन्झटरहित तरिकाले भिसा शुल्क तथा विदेशमा अध्ययन गर्न चाहाने विधार्थीहरुको आवेदन तथा अध्ययन शुल्क, पि.टि.ई , स्याट, यु. एस.एम.एल.ई , जि.आर.ई, ए.सी.सी.ए जस्ता कोर्सहरुको शुल्क तथा सेभिज शुल्कको भुक्तानी गरिदिने बैंकले जनाएको छ ।

यस किसिमको सेवाको शुभारम्भ सँगै ग्राहकहरुको नविनत्तम भुक्तानीका माध्यमहरुको प्रयोग गरी शुल्क भुक्तानी गर्ने चाहानाको सम्बोधन हुने विश्वास बैंकले लिएको छ ।

यस अघि पनि यस बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच नेपाल र भारत बिच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

डिजिटल भुक्तानीका माध्यमहरुको नविनतम प्रयोग प्रति बैंक सँधै प्रतिबद्ध रहेको र नेपालभर रहेको शाखा सञ्जाल तथा मर्चेन्ट नेटर्वकको माध्यमबाट अन्तरदेशीय क्युआर भुक्तानीमा समेत अग्रणी सेवा प्रदायकको रुपमा स्थापित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij