डा. चेतना श्रेष्ठ
स्नेहा फर्टीलीटी सेन्टर
स्नेहा फर्टीलीटीको बारेमा बताइदिनोसन् ?
स्नेहा फर्टीलीटी सेन्टर सबै प्रकारका बाँझोपन समस्याहरूको सफल उपचारको लागि ‘वान स्टप शप’ हो । यो सेन्टर काठमाडौंको बसुन्धरामा रहेको छ । यो सेन्टर आइभीएफको क्षेत्रमा सुसज्जित र सुविधा सम्पन्न सेन्टर हो । यो क्षेत्रमा दश वर्ष भन्दा बढी अनुभव प्राप्त डाक्टरहरुबाट उपचार सेवा प्रदान गर्दै आएका छौं । हामीले यो सेन्टरबाट उत्कृष्ट आईभीएफ सेवा प्रदान गर्दै आएका छौं ।
यस सेन्टरबाट डाक्टर, नर्स र भ्रुण विज्ञहरूका साथै असाधारण कर्मचारीले सेवा प्रदान गर्दै आउनुभएको छ । अत्याधुनिक सुविधाहरू कारण हामी अन्य भन्दा फरक छौं र फरक सेवा दिएकै कारण नेपालमा हामी उत्कृष्ट छौं । बाँझोपन र एआरटी थेरापीहरूको बढ्दो मागको प्रतिक्रियाका रुपमा स्नेहा स्थापना गरिएको हो । हामीसँग पुरुष र महिला बाँझोपन समस्याहरूको समाधान गर्न लागि एक व्यापक मूल्याङ्कन प्रणाली छ ।
सेवा लिन कहाँ कहाँबाट आउनुहुन्छ ?
स्नेहा फर्टीलीटीमा काठमाडौंका अतिरिक्त नेपालका दुरदराजबाट पनि सेवा लिन आउनुहुन्छ । आईभीएफ सेन्टर काठमाडौंमा भएपछि अन्य स्थानबाट पनि आउनु स्वभाविक हो । यहाँबाट अहिलेसम्म रुकुम, कालिकोट, धादिङ, नुवाकोट, धनगढी र जाजरकोट देखि पूर्वी नेपालका जिल्लाहरुबाट समेत आउनुहुन्छ । त्यस्तै हामीकहाँ नेपाल बाहिर रहेका नेपालीहरु पनि सेवा लिनकै लागि यहाँ आउनुहुन्छ ।
कम्पनी स्थापना भएको कति भयो ?
हामीले ७ बर्षअघिदेखि ग्रीनसिटी हस्पिटल मातहतको आइभीएफ सेन्टरबाट सेवा प्रदान गर्दै आएका थियौं । साढे तीन वर्षदेखि चाँही हामीले स्नेह फर्टीलीटी सेन्टर भनेर सेवा दिइरहेका छौं । अहिले यहाँ दैनिक ३—४ जनाले सेवा लिन आइहरेका छन् ।
अन्य आइभिएफ भन्दा स्नेहा के कुरामा फरक छ ?
अरुसँग तुलना गर्नुभन्दा आफुले कसरी उत्कृष्ट सेवा दिने भन्नमा हामी तल्लिन रहन्छौं । कसले के गरिरहेका छन भन्दापनि कसले कसरी गरिरहेका छन् र कस्तो रिजल्ट आइरहेको छ भन्ने मूख्य हो । हामीले अन्तिममा हेर्ने भनेको नै रिजल्ट हो । हाम्रो रिजल्ट अत्यन्तै राम्रो छ । हाम्रो टिममा क्षमतावान डाक्टहरु छन् । त्यहीकारणले हामी अन्य भन्दा फरक छौं । उपचारको पद्दती र विधिअनुसार मूल्यमा निर्धारण गरिएको हुन्छ । हामीले तुलनात्मक रुपमा सस्तो मूल्यमा गुणस्तरीय सेवा दिइरहेका छौं ।
आईभिएफ गर्नेको संख्या बढ्नुको कारण के होला ?
पहिला पनि बाँझोपन भएका दम्पतिहरु थिए । तर आईभीएफको जानकारी नभएकाले दोस्रो विवाह गर्ने परिपाटी थियो । अहिले मानिसहरुमा बच्चा नभए आईभीएफ गर्नुपर्छ भन्ने धारणाको विकास भएको छ । अर्को भनेको हाम्रो जीवनशैली, खानपान लगायत शहरीकरणले गर्दा पनि बाँझोपन बढ्दै गएको छ । आफ्नो क्यारियर बनाउनेतिर मात्रै केन्द्रित हुदा अहिले ढिलो विवाह गर्ने परिपाटी बसिसकेको छ । यसले गर्दा पनि आईभीएफ गर्नेको संख्या बढेको हो । त्यस्तै वैदेशिक रोजगारीका कारणले गर्दा पनि आईभीएफ गर्नेको संख्या बढेको हो जस्तो मलाई लाग्छ । पहिला शहर बजारमा बस्नेले मात्रै आईभीएफ गर्दथे । यो सेवा सम्पन्न र शिक्षित व्यक्तिको पहुँचमा मात्र थियो । तर गाउँघरका मानिसहरु समाजले के भन्छ भनेर डराउँथे । एकआध मानिसहरुले मात्रै यसबारेमा खुलेर बोल्थे । धेरै मानिसहरु आईभीएफ गर्न आउँदैन थिए । तर अहिले परिस्थिति फरक भएको छ । विवाह भएको तीन चार वर्षसम्म सन्तान भएन भने जुनसुकै ठाउँका मानिसले पनि आईभीएफ गर्ने चलन बढ्दै गएको छ ।
आईभीएफ सञ्चालन गर्न सरकारी नीति नियम के कस्ता छन् ?
आईभीएफ सेन्टर सञ्चालन गर्न सरकारले एउटा नीति नियम र मापदण्ड तयार गरेको छ । त्यही नीति नियम र मापदण्डको माताहतमा रही संस्था सञ्चालन गर्नुपर्छ । कुनैपनि संस्था संचालन गर्दा सरकारको नीति नियमा बसेर गर्नु राम्रो पक्ष हो । यसरी नियममा बाँधिएर काम गर्दा संस्थाहरुमा परिपक्वता आउँछ । कालन्तरमा यसले संस्थालाई नै फाइदा हुन्छ ।
खासमा आईभीएफ भनेको के हो ?
आईभीएफ भनेको महिलाको डिम्ब र पुरुषको शुक्रकीटलाई प्रयोगशालाको भाँडोमा मिलाउनु हो । प्रकृतिक रुपमा महिलाको डिम्ब र पुरुषको शुक्रकीटको मिलन भएपछि बच्चा बन्छ । सामान्य रुपमा आईभीएफ भनेको कृतिम रुपमा बच्चा बनाएर महिलाको पाठेघरमा राख्ने प्रक्रिया मात्रै हो । आईभीएफबाट जन्मिएको बच्चा र नर्मल जन्मिएको बच्चामा केही फरक हुदैन । बरु आईभीएफ गर्दा महिलाको डिम्बा र पुरुषको शुक्रकिटको परीक्षण गरेर स्वच्छ डिम्बा र शुक्रकिटको मिलन गराइने भएकोले आईभीएफबाट जन्मिएको बच्चा चाँही स्वस्थ हुन्छ ।