२०८३ भाद्र ३० मंगलबार

हिमालयन एभरेष्ट इन्स्योरेन्सको निमित्त सीईओको जिम्मेवारी अन्जु श्रेष्ठलाई

ई आर्थिक    बिहिबार, असार १३ २०८१
9.7K
Shares
हिमालयन एभरेष्ट इन्स्योरेन्सको निमित्त सीईओको जिम्मेवारी अन्जु श्रेष्ठलाई

ई–आर्थिक, काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी अन्जु श्रेष्ठलाई दिइएको छ ।

कम्पनीको मिति २०८१ असार १२ मा बसेको सञ्चालक समितिको निर्णय अनुसार अर्को व्यवस्था नभएसम्मका लागि कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत श्रीमती अन्जु श्रेष्ठलाई असार १३ गते बाट लागू हुने गरि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिईएको कम्पनी सचिव, ध्रुब प्रसाद न्यौपानेले जानकारी दिए ।

कम्पनीको २०८१ असार १२ मा बसेको सञ्चालक समितिका अध्यक्षको निर्देशन बमोजिम पुल्चोक ललिपुरमा दिउँसो ३ः३० बजे बोलाईएको सञ्चालक समितिको बैठक नम्बर ३२९ को निर्णय बमोजिम असार १३ गते देखि लागू हुने गरि बिजय बहादुर शाह प्रमुख कार्यकारी अधिकृत पदमा बहाल नरहने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij