२०८३ भाद्र ३० मंगलबार

आईएमई लाइफ इन्स्योरेन्सले ३४.५० प्रतिशत लाभांश दिने, सञ्चालक समितिको १९२ औं बैठकले राख्यो प्रस्ताव

ई आर्थिक    शुक्रबार, बैशाख २१ २०८१
3K
Shares
आईएमई लाइफ इन्स्योरेन्सले ३४.५० प्रतिशत लाभांश दिने, सञ्चालक समितिको १९२ औं बैठकले राख्यो प्रस्ताव

ई–आर्थिक, काठमाडौं । आई.एम.ई लाइफ इन्स्योरेन्सले आ.व. २०७९/८० को बोनस शेयर तथा नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको छ । बैशाख १९ गते बुधबार सम्पन्न भएको कम्पनीको सञ्चालक समितिको १९२ औं बैठकले शेयरधनीलाई कुल ३४.५० प्रतिशत लाभांस वितरण गर्न प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको २५ प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ बराबरको बोनस शेयर र ९.५० प्रतिशतले हुन आउने ३८ करोड रुपैयाँ बराबरको नगद लाभांश(करसहित) प्रस्ताव गरेको छ ।

यो लाभांश नियामक बिमा प्राधिकरणबाट स्वीकृत र आगामी साधारणसभाबाट पारित भए पश्चात कम्पनीको चुक्तापूँजी ५ अर्ब रुपैयाँ कायम हुने इन्स्योरेन्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij