२०८३ भाद्र ३० मंगलबार

कामना सेवा विकास बैंकको सन्देशमूलक भिडियो सिरिजको टिजर सार्वजनिक

ई आर्थिक    मंगलबार, चैत्र २७ २०८०
4.4K
Shares
कामना सेवा विकास बैंकको सन्देशमूलक भिडियो सिरिजको टिजर सार्वजनिक

ई–आर्थिक, काठमाडौं । कामना सेवा विकास बैंकले वित्तीय साक्षरता सन्देशमूलक भिडियो सिरिज सार्वजनिक गरेको छ । बैंकका अनुसार ‘केएसबीबीएल : फाइनान्सियल फुटस्टेप्स’ नामक सिरिजको टिजर भिडियो सार्वजनिक गरिएको हो ।

नयाँ वर्षको अवसरमा बैंकले उक्त सन्देशमूलक भिडियो श्रृङ्खला सार्वजनिक गरिने बैंकले जनाएको छ । १३ वटा शृङ्खला भएको सो भिडियो विभिन्न आर्थिक चुनौती र माइलस्टोनहरू पार गर्दा सम्बन्धित पारिवारिक पात्रहरूको सेटको जीवनलाई पछ्याउँछ ।

प्रत्येक एपिसोडले वित्तीय योजनाका विभिन्न पक्षहरूमा जीवनको आवश्यकता र चाहना, बजेट, बचत, लगानी र ऋण व्यवस्थापनको महत्वलाई प्रस्तुत गरिएको बैंकले जनाएको छ । भिडियो शृङ्खलाको उद्देश्य आकर्षक कथा–कथन मार्फत वित्तीय साक्षरता र योजनाको महत्व झल्काउने छ ।

सो भिडियो सिरिज प्रत्येक हप्ताको आइतबार बैंकको सामाजिक सञ्जाल मार्फत सार्वजनिक हुने बैंकले जनाएको छ । बैंकले बचत, ऋण तथा बैंकिङ कारोबारसम्बन्धी यस्ता वित्तीय साक्षरता कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij